त्रिवेणी मेला धुमधामका साथ लाग्यो

उदयपुर । एक महिने त्रिवेणी मेलाले पहिचित उदयपुरको कटारी नगरपालिका–२ कमला नदिको किरानामा आईतवारबाट धुमधामले मेला लागेको छ । हरेक वर्ष माघे संक्रान्तिदेखि एक महिना सम्म लाग्ने त्रिवेणी (मैनी) मेला यस वर्षपछि लागेको हो ।

मैनी मेलाले समेत परिचित त्रिवेणी मेलामा अहिले परापूर्वकालदेखि नै लाग्दै आएको ऐतिहासिक त्रिवेणी मेला देशमा आएको सशस्त्र द्वन्द भन्दा पहिला माघ महिना भरी र त्यसपछि १५ दिनसम्म लाग्दै आएको छ । तावा, ककरु र कमला नदीको संगमस्थल त्रिवेणीमा लाग्ने मैनी मेलामा आई पुजा आराधना तथा मकर नुहाउनाले चिताएको पुग्ने जनविश्वास रहँदै आएको छ । यस मेलामा प्रदेश नम्बर १, मधेश प्रदेश र बागमति प्रदेशका अलावा भारतबाट समेत तिर्थालुहरु आउने गर्दछ ।

सडक संञ्जाल जोडिनु पूर्व पहाडी जिल्ला ओखलढुँगा, खोटाङ्ग, सोलुखुम्बुका स्थानीयबासीले यो मेलाबाट आवश्यक लत्ता, कपडा, नुन, मरमसला खरिद गर्नुका साथै पहाडका भोटे कुकुर, अन्य उत्पादनको विनिमयको रुपमा मेला चर्चित हुने गरेको बुढापाकाहरुको भनाई रहेको छ ।

तीन नदीको संगमस्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलिदिई पूजा आराधना गर्नाले चिताएको कुरा पूरा हुने जनविश्वास छ । त्रिवेणीमा मकर नुहाउन सिन्धुली, सिराहा, सप्तरी, ओखलढुंगा, खोटाङ, सोलखुम्बु लगायतका छिमेकी जिल्ला हुँदै भारतको बिहार प्रदेशबाट समेत धार्मिक पर्यटक आउने गरेको स्थानीयवासीको भनाई रहेको छ ।

मेलाको आकर्षण सोलखुम्बुको भोटे कुकुर र ओखलढुंगाको राढीपाखी हुने गरेको आयोजक समितिका अध्यक्ष नरबहादुर तामाङले बताए । यस्तै,मेलामा सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेच हुने गर्दछ । यो मेला पूर्वी नेपालमै परिचित छ ।

उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिकाको सिमाना लाग्दै आएको छ । मैनी मेलाले परिचित यस मेला नेपालकै पुरानो र लामो समय सम्म लाग्ने मेला मध्येमा पर्ने गरेको कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्रश्रेष्ठले जनाएको छ । मेलामा पहिला पहिला त नेपाल लगायत भारत सम्मका भक्तजनहरु आउने गरेको पाईन्छ । पहिला मेलाका करिब २ लाख भक्तजन आउने गरेको बताई्रन्छ ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका– १२ स्थित बिसनपुरमा बरुवा, त्रियुगा र हुहाले खोला दोभान त्रिवेणीमा मेला लाग्नु साथै थारु समुदायले तेश्रो माघी महोत्सब २०८० सञ्चालन गरेको छ । थारु कला संरक्षणके लेल उठु, राष्ट्रिय थारु संग्रालय तथा अध्यायन अनुसन्धान केन्द्र निर्माणके लेल जुटु, थारु सम्बत २६४७ तथा तिला संङक्राईत पाबैन के शुभ अबसरमे माघी महोत्सब आयोजना गरिएको जनाएका छन । थारू समुदायको सबै भन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी सुरू भएको छ । थारू समुदाय नयाँ वर्षको स्वागतमा जुटेका छन् । रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरु घर फर्किएकाले गाउँघरको वातावरण नै रमाइलो भएको छ ।

माघलाई विभिन्न ठाउँका थारू समुदायले आ–आफनो परम्परा अनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्ष पहिले थारू समुदायका अधिकांश छोरीहरु कमलरी थिए । उनीहरु माघका दिनमात्रै छुट्टी पाउँथे त्यसैले यसलाई मुक्ति दिबसका रुपमा पनि मनाइन्छ ।

माघीको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम शुरु भएको छ । ढिक्री, रोटी, माछा र घोङीको परिकार बनाउँदैं, माघीको सम्पूर्ण तयारी पूरा भएको छ । खानाको परिकार बनाउन भ्याइनभ्याइ छ । कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ, दिदीबहिनी घरमा आउनेको सख्या बढेको छ । गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ ।

थारू समुदायले माघमै आफनो मुखिया चुन्ने, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको बताउँछन् । वर्षभरिका लागि योजना माघमा बनाइने भएकाले पनि थारू समुदायका लागि महत्वपूर्ण छ, माघमा प्रत्येक वर्ष नाचगान हुने गर्दथ्यो । सधैँ काममा व्यस्त रहने थारू समुदाय माघको समयमा फुुसर्दिला हुने र खानपिन गरेर आफना साथीसङ्गीसँग रमाइलो गर्ने गर्दछन् । अन्नपात भित्याएर भकारी भरि धान राखेर आनन्दसँग माघ मनाउने गरेको बताउँछन् ।

थारूहरुको महान् पर्वलाई मानिसले माघी भन्ने गरे पनि वास्तवमा यो पर्व (माघ) हो । विषेश पर्व भएका कारण यसको थारू समुदायमा धेरै महत्व छ । परम्परा जोगाउन गाउँघरमा भेला हुने, संस्कार र संकृतिका ’boutमा छलफल गर्ने कार्यक्रम गर्दै आएको छ । थारू समुदायको नयाँ वर्ष र महान् पर्व माघलाई आपसी मेलमिलापको रूपमा मनाउने पनि गरिन्छ ।

त्यसैगरी थारू समुदायमा जाँडलाई एक विशेष प्रकारको खान्कीकै रुपमा लिइन्छ । थारू समुदायले जाँड कूल देउतालाई प्रसादका रुपमा चढाउनुका साथै पाहुना सत्कारमा पनि दिने गर्छन् । हो त्यही जाँडलाई मुख्य लयका रुपमा ढालिएको गीतले अहिले थारू बस्ती गुञ्जयमान बनेका छन् ।

हर्दौवा, अट्वारी, अष्टिमिकी लगायतका मौलिक चाडपर्व मान्न नपाएको थारू समुदायले यसपटक माघी भने धुमधामसँग मनाउन थालेका छन् । अहिल थारू समुदायमा मघौटा, धमार झुम्रा नाचमा रमाउन थालेका छन् । यस्तै थारूहरू माघ महिनामा भलमन्सा, चौकीदार र गुरुवाको चयनका लागि पनि तयारी गर्ने हुँदा गाउँगाउँमा नयाँ गुरुवा र भलमन्सा चुन्नका लागि चहलपहल भइरहेको छ । अन्य समुदायले माघीका रूपमा मनाउने माघे संक्रान्तिलाई थारू समुदायले भने नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटालगायत खानाका परिकार खाने चलन रहि आएको छ ।

पुसको अन्तिम दिनलाई थारू समुदायले पुरानो वर्षको अन्तिम दिनका रूपमा मनाउने गर्छन् । पुरानो वर्षको बिदाईका रुपमा पुसको अन्तिम दिन (जीता) बङ्गुर मार्ने प्रचलन छ । ‘जीता’ को प्रसादसँगै रातभर जाग्राम बस्दै मघौटा धमार, झुमा नाच नाच्ने गर्दछन् । यस्तै माघे सङ्क्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी, तलाउमा गई नुहाएर आफू भन्दा ठूलाबाट आशीर्वाद लिने गर्छन् । विशेष स्नानपछि विवाहित छोरीचेली निसराउ (चामल, नुन, तेल, बेसार लगायतका खाद्यान्नबाट तयार पारिएको परिकार) दिने परम्परा छ । जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ । थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । थारू समुदायका विभिन्न लोकसंस्कृति संरक्षण गर्न माघी महोत्सबको आयोजना गरिएको थारु कल्याणकारिणी सभा उदयपुरका अध्यक्ष शिवकान्त चौधरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विवेकशील साझाले भन्याे : हामी अत्यन्तै दुःखी छाैँ