दैलेख । अभिषेक स्मृति क्लवले सरस्वती माध्यमिक विद्यालयका१२जना विद्यार्र्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।क्लबले स्वर्गीय अभिषेक थापाको ३३आंै जन्मोत्सवको अवसरमा नारायण नगरपालिका–८ तर्ताङमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई सामाग्री वितरण गरेको हो ।
विद्यार्थीलाई कापी, पेन्सिल,डटपेन लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको अभिषेक स्मृति क्लवका अमित खत्रीले बताए । उनले कक्षा १ देखि १२ सम्मका २०७९सालको बार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई सामाग्री बितरण गरिएको जानकारी दिए । शैक्षिक सामाग्री वितरणले विद्याथीहरुलाई ठुलो सहयोग पुग्ने क्लबका अध्यक्ष खत्रीले बताए।

यस्तै स्वर्गीय अभिषेक थापाको३३आंै जन्मोत्सवको अवसरमा वितरण गरिएको शैक्षिक सामाग्रीले बिपन्न परिवारका बालबालिकालाई नियमित पढाइलेखाइमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक पार्वती शर्माले बताइन्। उनले शैक्षिक सामाग्रीे सहयोग गर्ने क्लबलाई आभार ब्यक्त गर्दै आउदा दिनमा पनि यस्तै सहयोगको अपिक्षा गरिन्। विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको ठुलो सहयोग हुने आगामी दिनमा पनि यस्तै सकारात्मक काम गर्न आग्रह गरिन् ।
यस्ता खाले क्रियाकलापले समाज रुपान्तरणमा टेवा पुराउने सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म दैलेखका प्रमुख द्रोण ढकालले बताए।स्र्वगीय सशस्त्र प्रहरी निरिक्षक अभिषेक थापालाई संगठले जहिले पनि सम्झि रहने उनले जानकारी दिए ।पछिल्लो समयमा जिल्लामा शान्ति सुरक्षासहित दैवी विपत्ति लगायतका घटनाहरुमा स्थानीयको साथ र सहयोगबाट अहिलेसम्म काम हुँदै आएको र भोलिका दिनमा पनि साथ र सहयोग रहिरहने सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म दैलेख प्रमुख ढकालले राजधानीलाई बताए ।
कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक जिवराज तिमिल्सिना,सहायक प्रधानाध्यापक लोकेन्द्र जिसी कुमार, रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर थापा, अभिभावक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।






