संवैधानिक बाटोबाटै परिवर्तन ल्याउछौंः पशुपतिशमशेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक एवं विधायक पशुपतिशमसेर जबराले प्रत्येक व्यक्तिमा सबैभन्दा पहिला मुलुकप्रति इमानदार रहने प्रतिबद्धताको खाँचो औंल्याएका छन् । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र इमानदार भएको खण्डमा प्राकृतिक स्रोतसाधनले परिपूर्ण संसारकै सुन्दर देश नेपाललाई यहाँको अथाह जलस्रोत विकासका माध्यमद्वारा समुन्नत बनाउन सकिने धारणा राख्ने राणाले बेलायतबाट उच्च शिक्षा हासिल गरेका छन् । गृह पञ्चायत मन्त्रालयको सहसचिव, नेपाल राष्ट्र बैंकको महानिर्देशकको जिम्मेवारी पूरा गरिसकेका राणा पाँच दशकअघि राजनीतिमा प्रवेश गरेका थिए । जबरा संघीय संसद्मा अहिले ज्येष्ठ सदस्य छन् ।

सांसद जबराले यसअघि शिक्षा राज्यमन्त्री, शिक्षामन्त्री, यातायात, पर्यटन, जलस्रोत, स्थानीय विकास, परराष्ट्र, अर्थ, सूचना तथा सञ्चारमन्त्री तथा राष्ट्रिय पञ्चायत सदस्य, प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । राप्रपाका पूर्वअध्यक्ष एवं संस्थापक महामन्त्री जबरासँग राष्ट्रिय समाचार समिति (रासस)का उपप्रमुख समाचारदाता नारायण न्यौपानेले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।

अहिले तपाईं दिनचर्या कसरी बितिरहेको छ ?
धर्ममा विश्वास गर्ने भएकाले बिहानको नित्यकर्म सकेपछि पूजा पाठ गर्छु, केहीबेर हिँड्छु । त्यसक्रमा कहिले बाहिर शिवपुरीसम्म जान्छु, कहिले कम्पाउन्डभित्रै घुम्छु । दह्रो ‘ब्रेक फास्ट’ खान्छु । अखबार पढ्ने पुरानै बानी छ । त्यसपछि भेटघाट अघि बढ्छ । सदन चलेको बेला संसद्मा गइन्छ । अन्य समयमा पार्टीको काम गर्छु । अहिले एउटा महŒवपूर्ण नयाँ काम सुरु गरेको छु । आफ्नो जीवनी लेख्दै छु । जीवनी लेख्दा मेरो मात्र लेखेर पुग्दैन । म के हुँ भन्दा मेरो बाजे मोहनशमशेर हुन्, उहाँ श्री ३ महाराज हुनुहुन्थ्यो । राजनीतिक परिवर्तनपछि दलीय व्यवस्थामा उहाँ पहिलो प्रधानमन्त्री हुनुभयो । त्यसमा उहाँको वर्णन छ । धेरै ठूलो काम गरे तापनि नेपालीले नचिनेको तथा थाहा नपाएको व्यक्ति मेरो बुबा विजयशमशेर हुनुहुन्छ । उहाँले उद्योग परिषद् र बाजेमुनि रही परराष्ट्र मन्त्रालय चलाउनुभयो । पछि राजदूत हुनुभयो । उहाँ’bout धेरै मानिसलाई थाहा छैन । यी दुवैलाई नचिनाई पशुपतिशमशेरको हो नैै सीमित हुन्छ । त्यो लेख्ने काममा लागि रहेको छु ।

पुरानो राजनीतिक पृष्ठभूमि रहेको परिपक्व नेता हुनुहुन्छ, अहिले भइरहेको संसदीय अभ्यासलाई कसरी लिनुहुन्छ ?
अहिले संसद्मा अत्यन्त असल मानिस पनि आएका छन्, उहाँहरूसँग कहिलेकाहीं भेटघाट हुँदा अचम्म लाग्छ । उदाहरणका लागि एक जना महिला सांसदले ‘आर्टिफिसियल इन्टेलिजेन्स’’bout संसद्मा भाषण गर्नुभयो । त्यस्ता महिला सांसदको पनि प्रतिनिधित्व छ । अरू धेरै काबिल र महŒवपूर्ण नेता पनि हुनुहुन्छ । अहिलेको संसद् विभिन्न कोणबाट रमाइलो र अध्ययन गर्न लायक छ । ठिकै ढंगबाट अभ्यास अघि बढिरहेको छ भन्ने लाग्छ ।

यहाँलाई नेपालको संसदीय अभ्यासमा पञ्चायत, प्रजातन्त्र पुनस्र्थापन र गणतन्त्रसमेतको अनुभव छ, तुलनात्मक रूपमा के भिन्नता पाउनुहुन्छ ?
यो विषयमा सोच्नुपर्छ । पञ्चायतकाल एउटा नियन्त्रित व्यवस्था थियो । त्यसबेला सांसदमा मात्र होइन, शिक्षा र जलस्रोतमन्त्री भएर पनि चलाएँ । त्यसबेला ठूलो ‘डिबेट’ हुन्थ्यो । २०३७ सालको जनमत संग्रहपछि सूर्यबहादुर, लोकन्द्र बहादुरजी र हामी भएर झन्डै दलीय व्यवस्थाजस्तो वादविवाद चलायौं । पञ्चायतपछि दलीय संसद्को अभ्यास भयो । दलीय संसद्मा दलको प्रतिनिधित्व हुने भएकाले त्यसै आधारमा विषयवस्तु राखिन्थ्यो । त्यो संसद्मा मदन भण्डारीजस्तो अत्यन्त काबिल नेताको प्रतिनिधित्व रह्यो । उहाँको बोलाइ र वाक्य सुन्दा मुखमा सरस्वती बसे झैं लाग्थ्यो । त्यस्ता, प्रभावशाली नेतृत्व पनि आए । अहिले पनि प्रतिपक्षमा केपी ओली, पाँचपटक प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रतिनिधित्व छ । त्यसैले, अहिलेको संसद् पनि भाग लिऔं–भाग लिऔं जस्तो, चासो लाग्दो र रमाइलो नै छ ।

व्यवस्थापिका–संसद्मा कानुन निर्माणको पाटोबाट दूरदृष्टिको अभ्यास कस्तो पाउनुहुन्छ ?
देश र जनताको आवश्यकता तथा व्यवस्था सुदृढीकरणका लागि बनाइनुपर्ने कानुन बन्न सकिरहेको छैन । संसद्को यो कार्यकाल एक वर्ष बितिसक्यो कानुन पारित भएको हेर्दा धेरै कम छ । व्यवस्थापिकाको मुख्य काम भनेकै कानुन बनाउने हो । त्यो पाटोमा जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।

अहिलेको संसद्मा कानुन निर्माणमा अध्ययन, अनुसन्धान, जानकारी र अभ्यासका हिसाबले कस्तो अनुभव भइरहेको छ ?
सदनमा विभिन्न खालका व्यक्तिको प्रतितिनिधित्व रहेकाले मिश्रित खालको बुझाइ र अभ्यास रहन्छ नै । कोही पढाइका हिसाबले अत्यन्त अध्ययनशील हुन्छन् भने कोही प्रमाणपत्र नभए पनि अनुभवले खारिएका व्यक्ति छन् । धेरै प्रकृतिका मानिसको संसद्मा प्रतिनिधित्व छ । नेपालको विविधताअनुरूप अहिले संसद्भित्र प्रतिनिधित्व छ । महिलाको प्रतिनिधित्व व्यापक रूपमा छ, पहिला त्यस्तो थिएन । राप्रपाका तर्फबाट सदनमा आधा महिला हुनुहुन्छ । विभिन्न जातजातिबाट पढेलेखेकै व्यक्तिको सदनमा प्रतिनिधित्व भएकाले यसलाई गुणस्तरीय प्रतिनिधित्व नै मान्न सकिन्छ ।

व्यवस्थापिकाका विभिन्न अरू काम भए पनि कानुन निर्माण मुख्य जिम्मेवारी हो, यसबीच कानुन निर्माणको गति किन कमजोर हुन पुग्यो जस्तो लाग्छ ?
कानुन छिटोछिटो बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा भएन, यो नहुनु पर्ने हो । अहिले भर्खर अखबारमा पढें, आगामी अधिवेशनमा धेरैवटा विधेयक ल्याउने कार्यक्रम छ रे † कानुन निर्माणमा देखिएको खाडल पुर्नुपर्छ । कानुन बनाउने जिम्मेवारीमा रहेको संस्थाले कर्तव्य पूरा गर्नुपर्छ । हामीले अहिले कानुन छिटो बनाउनुपर्छ । विधेयक ल्याउने काम सरकारको हुन्छ । सरकारले यथेष्ट मात्रामा विधेयक ल्यायो तर छलफल भएन भने पनि लक्ष्य हासिल गर्न सकिन्न । सरकारकै तर्फबाट विधेयकमा जति ध्यान जानपर्ने त्यो नभएको हो कि भन्ने मलाई लाग्छ ।

पार्टीका वरिष्ठ नेता र विधायकसमेत भएका नाताले अहिलेको कानुन निर्माण प्रक्रियालाई कसरी हेर्नुभएको छ ?
अहिलेका हरेक प्रक्रियालाई सुधार गर्नुपर्छ । यसपटकको अधिवेशनमा धेरै विधेयक ल्याउने भन्ने सुनिएको छ । दलबीच एउटा सहमति पहिल्यै बनाएर आएका विधेयक फटाफट अघि बढाउनुपर्छ । जहाँ सहमति हुन्न बहुमतका आधारमा पारित गरेर अघि बढ्नुपर्छ । कानुनबिना कसरी शासन चल्छ ?

मुलुकका राप्रपासहित प्रमुख राजनीतिक शक्तिको लोकतन्त्रलाई सुदृढीकरणमा जोडबल हुनुपर्नेमा भागबन्डाको राजनीतिमा अल्झिन पुगे भन्ने आरोप छ, तपाईंलाई कस्तो लाग्छ ?
देशलाई ठीक बाटोबाट हाँक्न नसकेको विषय सबैमा जगजाहेर नै छ तर कोसिस भने नगरेको होइन । प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गरिरहेको छ । प्रतिपक्षबाट संसद्मा आफ्ना कुरा प्रखर रूपमा राख्ने र अवरोधसम्मका कामकारबाही भइरहेका छन् । प्रतिपक्षबाट प्रतिरोधको काम नभएको भन्ने होइन, भएकै छ । कानुनपारीत गर्न यथेष्ट मात्रमा विधेयक आएन । भागबन्डामा हामी सामेल भएनौं । भागबन्डाको विषय मलाई प्रत्यक्ष जानकारी नभएको विषय हो ।

हरेक राजनीतिक व्यवस्था वा सरकार परिवर्तनका क्रममा प्रखर रूपमा उठाइने भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धनमा किन सफलता प्राप्त गर्न सकिएनजस्तो लाग्छ ?
प्रत्येक व्यक्ति मुलुकप्रति इमानदार हुनुपर्छ । अहिले जनताले चलाएको शासन व्यवस्था हो । समानुपातिक निर्वाचन प्रणालीबाट आएकाले मैले सबै जनताको प्रतिनिधित्व गर्छु । हामीले मुलुक र बहुदलप्रति गर्व गर्नुपर्छ । यतिका प्राकृतिक स्रोत र साधनले भरिपूर्ण सुन्दर अर्काे देश पाउन कठिन छ । जलस्रोतका दृष्टिले नेपालमा अथाह सम्भावना छन् । अहिलेको व्यापार घाटा जलस्रोतको राम्रो उपयोग भएमा सन्तुलन कायम गर्न सकिन्छ । यहाँँ के छैन ? सगरमाथा, तराईमा अन्न भण्डार छ, जंगल छ, भौगोलिक विविधतासहित सम्पूर्ण स्रोत यहाँ छ । सम्भवना भए पनि हामीले मुलुक चलाउन सकेनौं । जनताले अहिले मुलुक चलाउन जिम्मेवारी सुम्पेका ठूला पार्टीलाई नै हो । उनीहरूले त्यो ढंगबाट नेपालाई उचाल्न र अघि बढाउन सकेनन् ।

मुलुक अघि बढ्न नसक्नुमा राजनीतिक क्षेत्र मात्रै दोषी हो कि अरू क्षेत्रको पनि प्रभाव छ ?
जनताले यसपटक मत ठूला दललाई नै दिएका हुन् । ठूला दलले प्राप्त जिम्मेवारीअनुसार काम गर्न नसकेको हो । मैले मान्छे मन प¥यो र यो मान्छे भनेर हुन्न । देशको सम्भावनाबमोजिम इमानदार प्रयास हुन नसकेको हो ।

युवा विद्यार्थीको दैनिक रूपमा भइरहेको विदेश पलायनललाई राज्यप्रति जनताको विश्वास घटेको वा अवसर खोजी केका रूपमा हेर्न सकिन्छ ?
विश्वमा सबैभन्दा सुन्दर देशबाट युवाको पलायनले एउटा विरोधाभाषपूर्ण अवस्था देखियो । यस्तो राम्रो मुलुक कसले छाड्छ । अहिले हामीसँग सञ्चित रकम १४ महिनाभन्दा बढी आयत धान्न सक्ने छैन । साधारण खर्च चलाउन चाहिने राजस्व उठाउन नसकेको अवस्था छ । यस्तो विडम्बनाको स्थितिबाट मुलुक कसरी चलाइन्छ ? प्रान्त चाहिएको मधेस प्रदेशलाई हो, त्यहाँको माग, इज्जत र प्रतिष्ठालाई सम्बोधन गर्दै सन्तुष्ट बनाएर प्रदेशको संख्या घटाउनुपर्छ । एकातिरबाट हेर्दा सम्भावना धेरै छ, अर्काेतर्फबाट हेर्दा पटक्कै काम भएको छैन । यो विडम्बनाको स्थितिमा छ ।

राप्रपा एउटा पञ्चायतको पृष्ठभूमि भएका नेताको ‘क्लब’ जस्तो छ, सिद्धान्तभन्दा व्यक्ति केन्द्रित भयो भन्ने आरोप छ नि ? यस’bout के भन्नुहुन्छ ?
राष्ट्रियता, बहुदलीय प्रजातन्त्र र उदारवादी व्यवस्थालाई मूलधर्म र सिद्धान्त मानेर राप्रपा स्थापना भएको हो । त्यसबेला नेपाल हिन्दुभन्दा बाहेक अरू कुुरै उठेको थिएन । राजा राजनीतिमा संलग्न नहुने आलंकारिक र संवैधानिक र अर्काेतिर बहुदलीय प्रजातन्त्रबीच मान्यताका आधारमा त्यसबेला परिवर्तन भएको हो । हिन्दु, सगरमाथासहित विविध भौगोलिक परिचय रहेको मुलुकलाई अपरझट राजतन्त्रविहीन र धर्मनिरपेक्ष रहस्यमय रूपमा बनाइएपछि जनताले रोजेको बाटोमा जाने भनी पार्टीका तत्कालीन नेताले स्वीकार गरेका हौं । फेरि हामी राप्रपाका सबै दल मिलेपछि त्यही पुरानो बाटो अर्थात् कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीलगायत नेतासँग आफूले गरेको सम्झौताको बाटो अवलम्बन गर्नुपर्छ भनी त्यसतर्फ अघि बढिरहेका छौं । राप्रपालाई थप एकीकरण गर्दै अघि बढिरहेका छौं । राप्रपा अब एकढिक्का भएर बस्छ ।

निर्वाचनका माध्यमबाट आफ्नो ‘एजेन्डा’ स्थापित गरी चाहेको व्यवस्था अघि बढाउन संवैधानिक प्रावधान रहेका बेला आन्दोलन र दबाब किन ?
यो देशमा दुईपटक व्यवस्था परिवर्तन आन्दोलनबाटै भयो । प्रजातन्त्रमा आन्दोलन नैसर्गिक अधिकार हो । सरकारले काम गरेको चित्त बुझेन भने सरकारमा जाने, सडकमा उतार्ने विशुद्ध लोकतान्त्रिक अधिकार हो । हामीले ल्याउन खोजेको परिवर्तन संवैधानिक बाटोबाटै हुन्छ । हामीले राम्ररी बुझेका छौं, दुईतिहाइ मतले नै हो परिवर्तन गर्ने । त्यसतिर नै हामी लागेका छौं । सडकमा जाने पनि संवैधानिक अधिकार हो । राप्रपा संविधान मान्ने दल हो, शपथ लिएका छांै, मानेरै यहाँ आएको हौं । हालको संविधानअनुरूप नै अहिलेका सबै नेतालाई शपथ गराउने अवसर पाएको थिएँ । त्यो एउटा गौरवको विषय हो । आन्दोलनका लागि सडकमा गए पनि संवैधानिक बाटो नै अपनाउँछौं ।

तपाईंले परिकल्पना गरेको नेपाल कस्तो हो ?
नेपालको मुख्य सम्भावना भनेको जलस्रोतको विकास नै हो । एक दिन पञ्चेश्वर बन्नैपर्छ । यो देशलाई अघि बढ्न त्यस्तै उज्यालो मुलुकभर छाउनुपर्छ । अलैंची निर्यातमा नेपाल संसारमै दोस्रो छ । सुन्दर मुलुकले खोजेको दुई कुरा छन्, इमानदार र दक्ष शासकद्वारा यो देशलाई अत्यन्त राम्रो बनाउनुपर्छ, विदेश श्रम गर्न गएका पनि यही फर्कने वातावरण बनाउनुपर्छ । हामी सबैको साझा र सुन्दर नेपाल बनाउने मेरो चाहना छ ।

पञ्चेश्वरको विषय उठाउनुभयो, राष्ट्रहितका हिसाबले यो कस्तो आयोजना हो ?
गण्डक र कोशीमा के कति गुमाइयो भनेर वर्णन गर्न चाहन्नँ । सिमानामा रहेको नदीमा बन्ने बाँधको सम्पूर्ण खर्च हिन्दुस्तानले बेहोर्छ । उत्पादन भने आधा गरेको छ । एक दिन पञ्चेश्वर बन्छ, त्यहाँको उज्यालो नेपालभर जताततै छाउँछ । त्यसैले मलाई ठीक काम होजस्तो लाग्छ ।

पछिल्लो समय राजनीतिलाई व्यवसायसँग जोडेर हेरिन थालेको छ, यसलाई कसरी हेर्नुभएको छ ?
राजनीतिमा लगानी उठाउने भन्ने शब्द म बुझ्दिनँ । यो मुलुकमा यस अर्थमा म भाग्यमानी नै भन्छु, खर्च गर्ने सम्पत्ति छ । मुलुक बनाउने हो भने इमानदार र दक्षता भएको मानिस चाहिन्छ । साधारण मान्छे नै बढी इमानदार देखिएको छ । इमानदार, दक्ष र नेपाललाई राम्रो बनाउँछु भन्ने दृष्टिकोण र परिकल्पनाको अहिले आवश्यक छ । त्यो दृष्टिकोण र व्यक्तित्वले नेपाललाई अघि बढाउन सक्छ ।

युवा विद्यार्थीको विदेश पलायन, बेरोजगारी समस्याबाट उकुसमुकुस भइरहेका बेला तपाईंको जनतालाई सन्देश के हुन सक्छ ?
लामो समयदेखि मलाई नेपाली जनताले चिनेका छन् । जनताको इमानदार सेवक हुँ । नेपाललाई अत्यन्त विकसित र प्रगतिपथमा लगेर उज्यालो बनाउन कटिबद्ध छु ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नागेशले पाए विराटनगरको नेतृत्व