दैलेखमा वातावरणीय अध्ययनसम्बन्धी तालिम

दैलेख । दैलेखमा वातावरणीय अध्ययनसम्बन्धी २ दिने तालिम संञ्चालन गरिएको छ । कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालय र यूएसएआईडीको संयूक्त आयोजनमा दैलेख सदरमुकाममा तालिम संञ्चालन गरिएको हो ।

वातावरणिय पक्षलाई न्यूनीकरणको लागि सरकारवालाको भूमिका विषयमा यो कार्यक्रम आयोजना गरिएको यूएसएआईडी जल जंगल परियोजना प्राबिधिक निर्देशक नारायण बेल्वासेले जानकारी दिए।वातावरणिय पक्षलाई ध्यान दिदा विकास निर्माणका कार्यहरु दिगो हुनुका साथै वातावरणिय कानुनको प्रभावकारी हुने प्राबिधिक निर्देशक बेल्वासे बताए ।

यस्तै यो तालिम फलदायी बन्ने जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले बताए। यस्ता खाले कार्यक्रमले सबैलाई धेरै कुरा सहयोग हुने समेत बताए ।

कार्यक्रममा कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब डा.बिनोद प्रसाद देबकोटाले पछिल्लो समयमा विकास निमार्णका कार्यहरु वातावरण अध्ययन विनै गर्नाले वन संरक्षण र दिगो विकासमा चुनौति भएको जानकारी दिए । उनले विकास निर्माणमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताए। तिनै तहका सरकारले भनेजस्तो काम नगरेको उनले गुनासो गरे ।स्थानिय तहले वातावरणिय अध्ययन सम्बन्धि अध्यन गरेर काम गर्नुपर्ने उनले बताए ।

तालिमको उद्घघाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालयका माननिय मन्त्री कृष्ण कुमार बिसीले वातावरणीय अध्ययन सम्बन्धी तालिममा सिकेका कुरा सहभागीलाई व्यवहारमा उर्तान आग्रह गरे।उनले यो भन्दा पहिले यस्ता खाले कार्यक्रम कर्णाली प्रदेशका अन्य जिल्लामा गरिसकेकोे जानकारी दिए।

जैबिक विविधता एवम प्रकृति संरक्षणका कार्यक्रमहरु संघ, प्रदेश र स्थानीय तहका सरकारबिच समन्वय र सहकार्य हुन जरुरी रहेको उनले बताए ।हामीले विकास निर्माणका लगायत वातावरणीय सम्बन्धी थुप्रै काम गरेको मन्त्री बिशीले भने वातावरणियबाट पर्ने अवसर न्यूनीकरण गर्नको लागी सबैले महत्वपूर्ण भुमिका रहने जानकारी दिए । तालिममा दैलेखका ११वटै स्थानियका जनप्रतिनिधी, कर्मचारी, पत्रकार, नागरिक समाज सहभागी भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुर २ फेरी अग्रता बढाउँदैं कांग्रेसका दुर्लभ थापा