हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु

नेपालगन्ज । हात्तीपाइले रोग नियन्त्रण राष्ट्रिय अभियानअन्तर्गत शनिबार बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । लगातार नौ वर्षसम्म औषधि सेवन गरेपछि पनि रोग नियन्त्रण हुन नसकेपछि बाँकेमा दशौँपटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको हो । आगामी फागुन ५ गतेसम्म सञ्चालन हुने अभियानको पहिलो दिन शनिबार एक कार्यक्रमबीच जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि एवं सञ्चारकर्मीले संयुक्तरूपमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु गरेका हुन् ।

अभियानको सुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, उपमेयर उमा थापा मगर, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख बीरबहादुर वली, जनप्रतिनिधि तथा संचारकर्मीले संयुक्तरूपमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । उपमहानगरपालिका परिसरमा स्थापना गरिएको बुथमा प्रमुख राणाले औषधि सेवन गरी अभियान सुभारम्भ भएको घोषणा गर्दै हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खानका लागि आग्रह गरे ।

हात्तीपाइलेविरुद्धको राष्ट्रिय अभियानका लागि बाँकेमा ३ सय ५० बुथबाट औषधि खुवाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका अभियानका सम्पर्क व्यक्ति दुर्गा गौतमले जानकारी दिइन् । यसका साथै जिल्लाका आठवटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी औषधि सेवन कार्यक्रम सुरु गरिएको छ ।

जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान गरिने सेवा, सुविधा नदिने निर्णय गरेको छ । बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न सर्वसाधारणले आनाकानी गरेपछि बाध्य भएर यस्तो निर्णय गर्नुपरेको जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले बताए । बाँकेको कोहलपुर नगरपालिकाको रझेना तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, ४ लगायतका वडा अत्यन्तै प्रभावित रहेको र ती वडामा स्थानीयले औषधि सेवन गर्न आनाकानी गरेका कारण ती स्थानमान विशेष प्रथामिकताका साथ औषधि खुवाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सन् २०१३ मा ६ वर्षभित्र बिरामीको संख्या १ प्रतिशतभन्दा कममा झार्ने लक्ष्यसहित हात्तीपाइले रोग निवारण अभियान सुरु भएको हो । उक्त लक्ष्यअनुसार सफलता नपाइएपछि थप दुई वर्ष उक्त अभियान सञ्चालन गरिने छ । विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार रोगीको संख्या १ प्रतिशतभन्दा कम भएपछि निवारण भएको मानिन्छ । विश्व स्वास्थ्य संगठनले १९९७ मा हात्तीपाइले रोग निवारणका लागि रणनीति बनाएको हो । त्यहीअनुसार नेपालमा २००३ मा पर्साबाट उक्त अभियान सुरु गरिएको थियो ।

२०१३ मा एकैपटक सबैभन्दा बढी ५६ जिल्लामा उक्त अभियान सञ्चालन गरिएको हो । उचेरिया बांन्क्रोफ्टी नामक परजीवीबाट हात्तीपाइले एक व्यक्तिबाट अर्काेमा सर्ने गर्छ । नेपालमा क्युलेक्स क्यांकिफेसिएटस नामक लामखुट्टेले यो रोग सार्ने गर्छ । रोग निवारणका लागि डीईसी र अबलेन्डाजोल नामक औषधि खुवाइँदै आएको छ । दीर्घरोगी, गर्भवती तथा ७ दिनको सुत्केरी महिला र २ वर्षमुनिका बालबालिकाबाहेक सबैले यो औषधि सेवन गर्नसकिने सम्पर्क व्यक्ति गौतमले बताए । यो औषधिले कुनै पनि नकारात्मक असर नगर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित