नवप्रवर्द्धनको कदम चाल

चालू आर्थिक वर्षमा नेपालबाट कुल ७४ अर्ब ९६ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । यो नेपाली निर्यातकर्ता लागि केही खुसीको कुरा हो । साथै, व्यापारमा सुखद संकेत पनि निर्यात व्यापारमा समस्या भनेको कहाँ छ ? सरकाकरले थाहा पाउनुपर्छ । र, कसरी यो शुभ संकेतरूपी व्यापार निर्यातलाई अझ प्रवद्र्धन गर्न सकिन्छ भनेर सोच्नुपर्छ । सम्बन्धित मन्त्रालय र विभागहरूको चनाखोपना यसमा जरुरी छ । निर्यात व्यापारमा अहिले नै उलटफेर भएको भने होइन । आशा गर्न सकिने कुरा के हो भने निर्यातित वस्तुमध्ये १७ वटा वस्तुको नवप्रवद्र्धन गर्न सकिने हो भने नेपाल व्यापारमा उँभो लाग्दै जाने पनि देखिएको छ । नेपालले अहिले धेरै कुरा निर्यातमा ५५ अर्ब ८० करोडबराबरको निर्यात आर्थिक संकलन गर्न सकेको छ ।

सबैभन्दा बढी निर्यात भएका वस्तुमा आइरन स्टिलका उत्पादन देखिएको छ । निर्यातमा साउनदेखि पुससम्म ६ महिनाको अवधिमा ८ अर्ब ६९ करोड रुपैयाँबराबरको आइरन स्टिल निर्यात भएको छ ।

अघिल्लो ६ महिनाको तुलनामा आइरन स्टिलको निर्यात ८३ प्रतिशतले बढेको देखिन्छ । यो भनेको लगभग शतप्रतिशतले वृद्धि हो । यस अवधिको नेपालको कुल निर्यात व्यापारमा यसको योगदान डबल डिजिट अर्थात् ११ दशमलव ६ प्रतिशत पुग्नु धेरै राम्रो हो ।

दोस्रो स्थानमा धागोको निर्यात रहेको छ । पछिल्लो ६ महिनामा यसको निर्यात ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । निर्यात राम्रो देखिए पनि गत वर्षको तुलनामा धागोको निर्यातमा कमी आएको हो । अघिल्लो वर्षको तुलनामा धागोमा ३ प्रतिशतले कमी आएको छ । ६ महिनाको समग्र निर्यात व्यापारमा यसको योगदान ७ दशमलव ७९ प्रतिशत रहेको छ । ऊनी कार्पेटको निर्यात तेस्रो उच्चतामा रहेको छ । ऊनी कार्पेटको निर्यातबाट ५ अर्ब २३ करोड संकलन हुन गएको छ भने र तयारी गार्मेन्टको निर्यातबाट ४ अर्ब ९७ करोड प्राप्त भएको छ । यस अवधिको तयारी कार्पेटको निर्यातमा गर्त वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि भएको छ ।

कृषि उत्पादन कालो मोती अर्थात् अलैंचीको निर्यात पनि ३ अर्ब ९० करोड पुगेको छ । फलफूलका जुसको निर्यात ३ अर्ब ८० करोड भएको छ ।

प्लाइउडको निर्यात ३ अर्ब ५३ करोड पुगेको छ । गत वर्षको तुलनामा प्लाइउडको निर्यातमा शतप्रतिशतले वृद्धि हुन गएको देखिएको छ । किनकि, गत वर्ष प्लाइउडको निर्यात मात्र १ अर्ब ७४ करोड रहेको थियो । नेपालको निर्यात व्यापारमा प्लाइउड नयाँ हो । २ वर्षअघिबाट मात्र यसको निर्यात हुन थालेको हो ।

चियाको निर्यातमा २ अर्ब १४ करोड, सिमेन्ट क्लिंकर १ अर्ब ७६ करोड, पस्मिनाको निर्यात १ अर्ब ६९ करोडको पुगेको छ । पशुखाद्य सामग्री निर्यातमा केही बढोत्तरी आएको छ । यस वर्ष कुकुर बिरालोको खाद्य सामग्री १ अर्ब ४१ करोड, कपडामा १ अर्ब २४ करोड, मेडिकल हर्बलमा १ अर्ब २२ करोड रुपैयाँको निर्यात हुन गएको छ । नेपाली सामानमा जति मौलिकता छ, त्यसमा निखार ल्याउन सकिएको छैन । निखार ल्याउन वा गुणात्मकता प्रदर्शन गर्नसकेमा यसको निर्यात बजार आफैंमा विस्तार भएर जाने देखिन्छ ।

यसका लागि नवप्रवद्र्धन जरुरी भइसकेको छ । ‘कस्तुरी विना खोजेर लेक जंगल चाहार्दै हिँडेर थाकेझैं’ हामी पनि आफ्नै उत्पादनको वास्तविकता पहिचान र स्तरीकरण गर्न सकिरहेका छैनौं ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका यादव निर्वाचित