जेलमा मृत्यु भएका रुसी विपक्षी नेता नाभाल्नीको शव परिवारलाई दिइएन

मस्को । रुसको आर्कटिक जेलमा मृत्यु भएको भनिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको परिवारलाई समेत नदिइएको नाभाल्नीका निकट सहयोगीले बताएका छन् ।

नाभाल्नीको शव पोष्टमार्टम गरिएपछि मात्रै परिवारलाई हस्तान्तरण गरिने बताइए पनि हालसम्म नदिएको नाभाल्नीकी आमाले बताएकी छन् ।

नाभाल्नीको टोलीले भ्रष्टाचार विरोधी अभियानकर्ता समेत रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको पुटिनकै आदेशमा हत्या भएको बताएका छन् ।

नाभाल्नीको मृत्युपछि उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको आरोपमा रुसमा ३ सय जनालाई पक्राउ गरिएको एक अधिकार समूहले जनाएको छ । पश्चिमा मुलुकका सरकारहरुले ४७ वर्षीय विपक्षी नेता नाभाल्नीको अचानकको मृत्युका लागि रुसी अधिकारीहरु नै दोषी रहेको बताएका छन् ।

सम्पन्न मुलुकहरुको समूह जी-सेभेनका विदेशमन्त्रीहरुले रुसलाई नाभाल्नीको मृत्यु प्रकरण र अवस्थाका विषयमा तत्काल स्पष्ट पार्न आग्रह गरेका छन् ।

रूसी कारागार सेवाले शुक्रबार नाभाल्नी बिरामी भएको र आर्कटिक सर्कलको दुर्गम IK-3 जेलमा मृत्यु भएको घोषणा गरेको थियो । नाभाल्नीको मृत्युका विषयमा राष्ट्रपति पुटिनले सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित