पाडोको मासु खाँदा २५ जना बिरामी

दैलेख । ठाटीकाँध गाउँपालिका–१ मा पाडोको मासु खाँदा २५ जना स्थानीय बिरामी परेका छन् । मासु खाँदा नदाई तुलिकोमा सुजीटोलका २५ जना बालबालिका, वृद्धवृद्वा बिरामी परेका हुन् ।

२५जनालाई अस्पतालमा ल्याएर उपचार गरिएको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रका अहेव धोजबहादुर थापाले जानकारी दिए । बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको उनले बताए ।

सुरुमा सामान्य ठानिए पनि बिरामीको संख्या बढ्दै जान थालेपछि गाउँपालिकाको एम्बुलेन्सबाट प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्र पु¥याएर उपचार गरिएको ठाटीकाँध गाउँपालिका वडा– १ का वडा अध्यक्ष चक्र कामी जानकारी दिए ।

बिरामी परेको पाडोलाई काटेर खादा दुवै टोलका दलित समुदाय बिरामी परेका उनले बताए । बिरामीहरू सन्चो भएर घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल