अनाथ बालबालिकाको भएनन् साहारा

आफुहरुको पिढा सुनाउदै गर्दा आँखामा आँसु झारेकी मल्लको आँसु पुछ्दै बालवालिकाका ।

कालिकोट । खाँडाचक्र नगरपालिका मान्ममा रहेको न्यानो काख सेवा समाजमा रहेका १२ जना अनाथ बालवालिकाको बिचल्ली भएको छ ।

आमा बुवा गुमाएका अनाथ तथा साहारा बिहिन १२ जना बालवालिकाको बिजोक अवस्था रहेको पाइएको हो । २०७८ सालमा अनाथ बालवालिकाको रेखदेख र पालन पोषणको लागी स्थापना गरिएको न्यानो काख सेवा समाजले आफुसंग भएको पैसा सकिएपछी अहिले बालबालिका भोकै वस्ने अवस्थामा पुगेको समाजका संचालक कल्पना मल्लले बताइन ।

उनले रुदै भनिन् भएको सवै सम्पती सकियो अव के खुवाउने कसरी पाल्ने सरकारी तथा गैर सरकारी निकायले सहयोग गछौ भनेर आश्वासन मात्र देखाए । अहिले कसैले पनी सहयोग गरेको छैनन् स्कुलको फि,खाना भवनको भाडा गरेर मासिक एकलाख पचास अजार सम्म आउछ । का वाट तिर्नु अहिले सम्म आफ्नो घरवाटै जुटाएर चलाए । अव कसरी बचाउने दुखी गरिब र अनाथ बालवालिकाको सेवामा लाग्दा घरवाट पनी तिरस्कार हुनु परेको छ मल्लले भनिन ्। मेरो युकेको भिसा पनी आइसकेको थियो तर, समाज सेवामा लाग्छु भन्दा अहिले कोही नहेर्ने रैछन ।

युके जान छाडेर दुनियाँका बालबच्चा पाल्छस भनेर घरवाट तिरस्कार खेप्नु परेको छ ।जति दुख र कष्ट आइपनी अनाथ बालवालिकाको सेवाबाट बिचलित नहुने मल्लले बताइन । न्यानो काख सेवा समाजमा कुनै देशी तथा बिदेशी सहयोग भने अहिले सम्म आएको छैन । मनकारीहरुको सहयोगले अनाथालय संचालन गरेकी हुँ कल्पना मल्ले आँखाका आँसु झार्दै भनिन ।

मैले खाँडाचक्र नगरपालिकाका, पलाँता गाउँपालिका र महावै गाउँपालिकाका गरी जम्मा १२ जना बालवालिका रहेका छन । १२ जना सवै निजि स्कुलमा भर्ना गरेका छौँ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार