हर्वेनी बोर्डर आउट पोष्ट उद्घाटन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हर्वेनीको आज बुधबार विधिवत रुपमा उद्घाटन भएको छ । कोरोना महामारीको समयमा २०७६ चैत २४ गते फर्वार्ड बेशको रुपमा स्थापना भएको थियो । सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टहरुको संख्या बृद्धि गर्दै लैजाने सरकारको नितिअनुरुप हर्वेनी आउट पोस्ट स्थापना गरिएको हो ।

सुनसरीको बर्जु गाँउपालिका– ४ स्थित ३.९ किमि सीमा ईलाका र ५१ वटा सीमा स्तम्भ रेखदेख, दशगजा अतिक्रमण नियन्त्रण, सीमा अपराध नियन्त्रण, अवैध चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले गत बैशाख १७ गतेबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा स्थापना भई कार्य संचालन गर्दै आइरहेको उक्त आउट पोस्ट आज बुधबार सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोखरेलले उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रम बर्जु गाँउपालिकाका अध्यक्ष जिवछकुमार राय, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चाय, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङ्ग, राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय सुनसरीका उप अनुसन्धान निर्देशक तुलसी कट्टेल, बर्जु गाँउपालिकाका उपप्रमुख नितुकुमारी चोधरी, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधि समेतको उपस्थिति थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिबाट उक्त बिओपीलाई निशुल्क जग्गादान गर्ने जिल्ला मोरङ्ग बिराटनगर महानगरपालिका वडा नं ११ बस्ने रोमी शर्मा जैन (४ कठ्ठा) र बर्जु गाउपालिकालाई (२ कठ्ठा) कदरपत्र तथा दोसल्ला ओडाएर सम्मान प्रदान गर्नु भएको ब्यहोरा सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखाको पहेंलटार मतदान केन्द्रमा झडप