पातारासी-५ मा वडा कार्यालयको भवन शिलान्यास

जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर ५ को भवन शिलान्यास गरिएको छ। पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकाया, वडा अध्यक्ष दत्तबहादुर बुढा लगायतको उपस्थितिमा आज वडा कार्यालयको भवन शिलान्यास गरिएको हो। पातारासी ५ पानीधारामा चालू आर्थिक वर्षभित्र ६ कोठे १ तले भवन निर्माण हुने पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोराले बताएका छन्।

कुल ४० लाख लागतमा १ तले भुकम्प प्रतिरोधि पक्की भवन निर्माणको काम अगाडि बढेको अध्यक्ष बोहोराले बताए। पातारासी गाउँपालिकामा भौतिक संरचना समेत थपिदै गएको बताउदै अध्यक्ष बोहोराले पातारासी ५ मा निर्माण हुने वडा कार्यालयको भवनबाट सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।

पातारासी ५ का स्थानीय रत्न बुढा, हरि बुढा र मुनवहादुर बुढाले ८५० वर्गमिटर जग्गा वडाको नाममा निःशुल्क उपलब्ध गराएको वडा अध्यक्ष दत्त बुढाले बताएका छन्। भाडाको घरमा चलिरहेको वडाले अब आगामी आर्थिक वर्षमा आफ्नै सुविधा सम्पन्न भवन बाट सेवा प्रवाह गर्ने वडा अध्यक्ष बुढाले बताए।

४० लाख लागतमा उपभोक्ता समिति मार्फत भवनको काम तीव्र गतिमा भइरहेको उनले बताए । गाउँपालिका भाडाको घरबाट सञ्चालन गर्नुपर्ने बाध्यताका बिच वडा कार्यालयको आफ्नै भवन निर्माण सुरु हुनु सुखद भएको पातारासी गाउँपालिकाकि उपाध्यक्ष जनमाया रोकायाले बताइन।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानमा लौरोले मतान्तर फराकिलो बनाउँदै, कांग्रेसभन्दा १ हजार ५०९ मतले अगाडि