एमाले अध्यक्ष केपी ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने भएको छ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा सो संवाद हुन लागेको हो ।  स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय सभागृहमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो बजेसम्म  उनीहरू बीच  संवाद हुने भएको छ । 

सो क्रममा फिल्मका विविध आयाम र विधालाई समेटेर छलफल हुने छ। सो संवाद कार्यक्रममा सर्वसाधारणले निःशुल्क सहभागी हुन पाउने छन् ।  चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यका विषयमा छलफल हुने बताइएको छ । महोत्सवमा ४० देशका ८८ वटा फिल्म देखाइनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेनलाई ‘लौरो’, गोपाललाई ‘आँप’ र जगन्नाथलाई ‘भुइँकटहर’ चुनाव चिह्न