मुगु । जिल्लाको उपल्लो मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा–३ चेजाङ्पुकस्थित भन्ने स्थानमा बौद्ध शिक्षा पढाइ हुने भएको छ ।
मुगु जिल्लामा हालसम्म सरकारी निकाय, स्थानीय तहबाट बौद्ध शिक्षाको पढाईको लागि कुनै पहल नभएपछि निजी लगानीमा आधारभुत तहसम्मको बौद्ध शिक्षा पढाइ हुने भएको हो ।
बौद्ध शिक्षा पढ्नको लागि मुगुम कार्मारोङ्का लामा समुदायका बालबालिकाहरू बर्षेनी ५० देखि १ सय जनासम्म काठमाडौं र भारत जाने गर्दछन् । रिम्बोचे हिस्से साम्फो र उनकी धर्मपत्नी रिम्बोच्चे खाण्डो पेमा छोइडेलको आर्थिक सहयोगमा गुम्बा निर्माण भएको र यही ओर्गेन डोढुल लिङ गुम्वामा पुजाआजा र बौध्द शिक्षा पढाइ हुने गुम्वाका अध्यक्ष खेम्बो कार्मा राप्केले बताए ।
नयाँ गुम्वाको निर्माण कार्य पूरा भएपछि छोङ्ढुप पुजाको कार्यक्रममा बिधिवत रूपमा गुम्वा उद्घाटन गरिएको छ । नव निर्मित गुम्वाको लागत भने गोप्य राखिएको जनाएको छ । जिल्ला बाहिर गएर बौध्द शिक्षा लिनु पर्ने बाध्यात्मक अवस्था भए पनि अबदेखि आफ्नै ठाउँमा बौद्ध शिक्षा शुरू हुने भएपछि स्थानीय लामा समुदायका मानिसहरू खुशी भएका छन् ।
अब हाम्रो बालबालिकाहरू हाम्रै ठाउँबाट बौध्द पढाइ हुने भएकोमा हामी खुशी छौ । अब काठमाडौं भारत जानुपर्ने बाध्यता छैन । वडा–६ पुअका गाउँका पासाङ लामाले बताए । अब हामीहरूको लागि धेरै सहज भयो देवता, लामाको पुजा, आजा, र प्राथाना गर्न समेत सहज भएको लामाले बताए ।






