पार्टी एकताको गलत हल्ला फिँजाईयो: अध्यक्ष नेपाल

काभ्रे । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पार्टी एकताको गलत हल्ला फिँजाईएको बताएका छन् । हिजो सोमबार काभ्रे जिल्लाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रममा उनले यस्तो बताएका छन् । ‘अरुसँग पार्टी एकता हुँदै छ भनेर गलत हल्ला फिँजाइएको छ ।

हामी तत्काल कुनै पनि दलसँग एकता गर्ने पक्षमा छैनौँ । जनताको मुद्दामा पार्टीलाई जोड्नुहोस् । सशक्त ढंगले लाग्नुहोस् ।’उनले कार्यकर्तालाई आग्रह गरे । तत्काल पार्टी एकता कोहीसँग नहुने भन्दै मजबुद संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई निर्देशन समेत उनले गरे ।

यही चैत ३ र ४ गते बनेपामा सम्पन्न १० औँ अधिवेशनबाट ५७ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएका थिए । यसअघि २८४ सदस्यीय जिल्ला कमिटी थियो । अध्यक्षमा बसुन्धरा हुमागाई निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा रघुवर चौ प्रधान र पासाङ ढोल्मु लामा निर्वाचित भएका थिए । त्यसैगरी सचिवमा गोकुल गौतम निर्विरोध निर्वाचित भएका थिए । उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, भेषराज शाही र कृष्ण बहादुर तामाङ निर्वाचित भएका थिए ।

सपथग्रहण कार्यक्रममा उपमहासचिव गंगालाल तुलाधर, बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिव बहादुर देउजा, निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, केन्द्रीय सदस्य विदुर सापकोटा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज टोक बहादुर वाईबा, केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सहइन्चार्ज मुकुन्द गौतम लगायत सहभागि रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज