स्कुलमा छैन वौद्धिक अपांगताभैत्री पुर्वाधार

सिद्धेश्वरी आधारभुत विद्यालय, निगालेमा अध्ययनरत वौद्धिक अपांगता भएका छात्र–छात्रा ।

खोटाङ । खोटाङमा वौद्धिक अपांगता भएका छात्र–छात्राका लागि अपांगता भौतिक पुर्वाधार अभाव देखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको सिद्धेश्वरी आधारभुत विद्यालय, निगालेमा अध्ययनरत वौद्धिक अपांगता भएका छात्र–छात्राका लागि अपांगताभैत्री पुर्वाधार अभाव छ ।

वौद्धिक अपांगता भएका छात्र–छात्राको आवास सहितको विशेष कक्षामा दराज, हिटर लगायतका पुर्वाधारको अभाव देखिएको हो । निगाले चिसो ठाउँ भएकाले कोठा न्यायो बनाउन हिटरको आवश्यकता छ । सिद्धेश्वरी आधारभुत विद्यालयमा वौद्धिक अपांगता भएका छात्र–छात्रालाई एउटा कोठामा राखिएको छ । पर्याप्त कोठा नहुँदा उनीहरुलाई एउटै कोठामा पढाउने, खाना खुवाउने र आराम गर्ने व्यवस्था गरिएको विशेष शिक्षाका शिक्षक टेकबहादुर तामाङले बताए ।

विद्यालयको शौचालय कम्पाउण्डभन्दा बाहिर छ । रातको समय, झरी वर्षा र बिरामी भएको बेला वौद्धिक अपांगता भएका छात्र–छात्रालाई शौचालय लैजान र ल्याउन समस्या भइरहेको विशेष कक्षाकी आया (स्यहार सुसार गर्ने कर्मचारी) मैया थापा बताउँछिन् । आचार्य वौद्धिक अपांगता भएका छात्र–छात्रासँगै बसेर खाना बनाएर खुवाउने, रेखदेख गर्ने र हेरचाह गर्ने गरेकी छन् । वौद्धिक अपांगता भएका छात्र–छात्राका लागि संघीय सरकारले १० महिनाका लागि जनही मासिक चार हजारका दरले रकम उपलव्ध गराउँदै आएको छ । सोही चार हजारबाट खाना र पोशाकको व्यवस्था गर्ने गरिएको सिद्धेश्वरी आधारभुत विद्यालयका प्रअ बिन्दा थापाले बताईन् ।

वौद्धिक अपांगता भएका छात्र–छात्राको विशेष कक्षाका लागि सिद्धेश्वरी आधारभुत विद्यालयमा १० जनाको कोटा छ । त्यसमध्ये हाल ५ जना मात्रै अध्ययन गरिरहेका छन् । निमदेबी शेर्पा कक्षा १, मनिषा परियार कक्षा ३, मनिषा तामाङ कक्षा ४, आर्यान राई कक्षा ६ र डोमा शेर्पा कक्षा ७ मा अध्ययनरत छन् । उनीहरुका लागि किचन, पढ्ने कोठा र सुत्ने बस्ने छुट्टाछुट्टै कोठाको आवश्यकता छ ।

विशेष कक्षाको कोठाबाट माथिल्लो भवनमा निस्कन भित्ता ठाडो निस्कनुपर्छ । वर्षामा चिप्लो हुँदा कान्लाबाट तलमाथि गर्न सकस हुने गरेको छ । पर्खालकालागि बजेट माग गर्दा प्राप्त नभएको प्रअ थापाले बताईन् । विशेष कक्षाका लागि शिक्षक तामाङलाई शिवपार्वती आधारभुत विद्यालय खार्मीबाट २०७६ फागुन २ गते काजमा सिद्धेश्वरी आधारभुत विद्यालयमा ल्याइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कतै शपथ, कतै परिणामकै प्रतीक्षा