रोटरी क्लबले ३६ शय्याको आइसोलेशन वार्ड बनाउने

काठमाडौं । रोटरी क्लबले कोरोना भाइरस (कोभिड— १९) को उपचारका लागि ३६ शय्याको आइसोलेशन कक्ष निर्माण गर्ने भएको छ । रोटरी इन्टरनेशनल ड्रिस्टिक ३२९२ तथा रोटरी क्लब अफ जावलाखेलको आयोजनामा कोरोना रोटरी सेन्टरमार्फत ३६ शय्याको आइसोलेशन कक्ष निर्माण गर्न लागेको हो ।

विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर तत्काल दुई शय्या र बाँकी क्रमशः विस्तार गर्दै लैजाने रोटरी इन्टरनेशनलका पूर्व डिस्टिक गभर्नर जया राज्यलक्ष्मी शाहले जानकारी दिनुभयो ।

“कोरोना भाइरस नेपालमा तीव्र गतिमा नफैलिसकेकाले तत्कालका लागि दुई शय्याको मात्र आइसोलेशन कक्ष निर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “तीव्र गतिमा फैलियो भने विस्तारै शय्या थप गर्दै लैजान्छौँ ।” कोरोना उपचारका लागि रोटरी इन्टरनेशलनले विभिन्न अस्पतालमा स्वास्थ्य सामग्रीसमेत प्रदान गर्दै आइरहेको उहाँको भनाइ छ ।

यसैबीच, रोटरी इन्टरनेशनलले विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरस’bout निःशुल्क जानकारी दिन नेपाल नेशनल अस्पताल कलङ्कीमा हटलाइन सेवासमेत सञ्चालनमा ल्याएको छ । रोटरी इन्टरनेशनलले कोरोना’bout कुनैपनि परामर्श लिनुपरेमा अब निःशुल्क हटलाइन ११४७ नम्वरमा फोन गर्न सबैमा आग्रह गरेको छ ।

रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तरराष्ट्रिय सामाजिक संस्था हो । सामाजिक र मानवीय उत्थानका लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको क्लबको सन् १९५० मा नेपाल शाखा स्थापना भएको हो । रोटरी इन्टरनेशनलले प्रकोप, शिक्षा, स्वास्थ्य, सरसफाई, युवा शान्तिलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

रोटरी इन्टरनेशनलले विस २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ८० विद्यालय भवनसमेत पुनर्निर्माण गरिसकेको छ । यस्तै, थापाथली, धुलिखेललगायत नेपालका विभिन्न क्षेत्रमा ज्येष्ठ नागरिक केन्द्रसमेत स्थापना गरेको छ । वातावरणको क्षेत्रमा समेत काम गर्ने लक्ष्य बोकेको रोटरीका हाल देशभर १२३ शाखा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 587 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार