वृद्धि विकासमा ध्यान नदिएको भन्दै आन्दोलित हुने मुगुका प्राध्यापकहरु चेतावनी

मुगु । मध्य पश्चिम विश्व विधालयबाट सम्वन्धन प्राप्त देशभरीका विभिन्न जिल्लाहरुका क्याम्पसहरुमा कार्यरत प्राध्यापकहरुले आफुहरुको वृती विकासमा विश्व विधालयले ध्यान नदिएको भन्दै प्रेस विज्ञप्ति मार्फत आन्दोलन गर्ने चेतावनी सार्वजनिक गरेका छन ।

रारा क्याम्पस प्राध्यापक संघ मुगुका सभापती हिरा बोहोरा द्वारा हस्ताक्षरित आइतवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ विश्व विधालयको आठौ सिनेटले पास गरि कार्यान्वयनमा ल्याएको नियमावलिमा मातहतका क्याम्पसमा कार्यरत आंशिक तथा करार प्रध्यापकहरुको वृती विकासका लागि आन्तरिक प्रतिष्प्रधा गराइ स्थायी गरिने र दुर्गम,पिछडिएका जिल्लाहरुमा कार्यरत प्राध्यापकहरुलाइ राज्यले दिएको दुर्गम भत्ता दिने प्रावधान भएपनी लामो समयसम्म आंशिक तथा करारमा कार्यरत प्राध्यापकहरुलाइ यी सुविधा नदिएकाले हामी अन्तिम आन्दोलन गर्न बाध्य हुने छौ ।

पटक पटक क्यापस प्रशासन र एमयुलाई यस विषयमा मौखिक तथा लिखित ध्यानाकर्षण गर्दा आश्वासन मात्र दिने गरेको विज्ञप्तिमा आरोप लगाइएको छ ।

मध्यपश्चिम विश्व विधालयको आगामी बस्ने सिनेटको बैठकले लोड पुगेका आंशिक प्राध्यापकलाई करार, समायोजनका बेला अस्थायिमा रहेका प्राध्यापकहरु र अन्य करार प्राध्यापकहरुलाइ विशेष आन्तरिकबाट स्थायी,घटुवामा परेका प्राध्यापकहरुलाइ सोही पदमा पुनर्वहाली र समय पुगेकाहरुलाइ बढुवा प्रक्रिया लैजाने गरि सम्बोधन गर्न पनि माग गरिएको छ ।

आफ्ना मागहरु प्रती नजर अन्दाज गरि सम्बोधन नगरिएमा सिनेट पश्चात् आन्दोलनका कार्यक्रमहरु घोषणा गरि पेशागत वृद्धि विकासका लागि कडा भन्दा कडा आन्दोलन गर्ने र यो आन्दोलनमा एक्यवद्धता जनाउन संघ, सस्था, विद्यार्थी समाजसेवी, पत्रकार, शिक्षाप्रेमी,वुद्धिजिवीलाई प्रध्यापकहरुले आव्हान गरेका छन ।

देशभरी मध्यपश्चिम विश्व विधालयबाट सम्वन्धन पाएका १० वटा क्याम्पसहरु रहेका छन । मुगु स्थित रारा बहुमुखी क्याम्पस र बाके स्थित वागेश्वरी बहुमुखी क्याम्पसमा गठित प्राध्यापक संघहरुले आइतबार विज्ञप्ती निकाले पनि अन्य क्याम्पसका प्राध्यापक संघहरुले क्रमश विज्ञप्ति सार्जजनिक गर्ने रारा क्याम्पसमा कार्यरत प्राध्यापक हिरा बोहोरले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु