अमेरिकामा टिकटक राजनीति

टिकटकमाथि सरकारी प्रतिबन्ध अभियानजस्तै हुनथालेको छ । विश्वमा अहिले टिकटकमार्फत् भए गरेका कामभन्दा पनि टिकटकमाथि निगरानी, प्रतिबन्धको तयारी, प्रतिबन्ध आदिका समाचार प्रमुख बनेर आइरहेका छन् । आमजनताको अभिव्यक्तिका माध्यम हुन पुगेकाले पनि कुन मुलुकले टिकटकमाथि के कस्तो नीति अख्तियार गरिरहेको वा गर्न थालेको छ भन्ने कुराले सबैको ध्यान तानिरहेको छ ।

विश्वमा अहिले पनि अमेरिका प्रजातन्त्रको अगुवा वा संरक्षक मानिन्छ । अमेरिकामा वाक स्वतन्त्रतामाथि लिइने कुनै पनि कदम विश्वका अन्य मुलुक र मानिसका लागि नजीर हुन जान्छन् । त्यसैले पनि टिकटक नियमन वा प्रतिबन्ध गर्नेगरी पहल गरिँदै गरेको अमेरिकी नीति’bout विश्वको चासो जागृत हुन थालेको छ । अमेरिकामा राष्ट्रिय सुरक्षाको कारण देखाएर टिकटकमाथि सम्भावित प्रतिबन्धको हल्ला व्यापक छ । अमेरिकी टिकटक आकाशमा आशंकाको अहिले कालो बादल मडारिन थालिसकेको छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि कर्के नजर लगाएका थिए, उतिबेलै । अहिले उनी फेरि पनि आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका छन् । वर्तमान राष्ट्रपति बाइडेन टिकटक’boutमा अझैसम्म लचिलो देखिएका छन् । तर, ट्रम्पले भने टिकटकप्रति कडा रूप अपनाउँदै आएका छन् । तत्कालीन समयमा आफू राष्ट्रपति छँदा कार्यकारी आदेशमार्फत् सन् २०२० मा अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने प्रस्ताव गरेका थिए । तर, यस कार्यलाई अनुचित भनेर अस्वीकार गरिएको थियो ।

तात्कालीन ट्रम्प प्रशासनको आशंका भनेको टिकटकले संकलन गरेका विवरणहरू चीन सरकारलाई सेयर गरिरहेको छ भन्ने थियो । तर, यसको ठोस प्रमाण भने दिइएको थिएन । त्यतिबेला टिकटक प्रतिबन्धको कदम असफल भयो । अमेरिकामा टिकटक झाँगिएर गयो । यो आमअमेरिकी नागरिकको संस्कृतिको एक अभिन्न भाग बन्दै अघि बढिसक्यो । अहिले टिकटक प्रतिबन्धको आशंकालाई लिएर सार्वजनिक प्रदर्शन हुन थालेका छन्, अमेरिकामा ।

हाल अमेरिकी संस्कृतिको अभिन्न हिस्सा बन्न पुगेको टिकटक संगीत, फेसन र मनोरञ्जन, व्यापारलाई समेत बढावा दिने माध्यम बनिरहेको छ । टिकटक अमेरिकी युवामैत्री बनिरहेको छ । यस्तो अवस्थामा टिकटकमाथिको प्रतिबन्ध युवाहरूका लागि कबाबमा हड्डी साबित हुने देखिन्छ । नयाँ मतदाताका रूपमा आउने पंक्ति भनेको युवा नै हो । यसपटकको राष्ट्रपतीय निर्वाचनमा डेढ करोड युवा थपिएका छन् । यी युवाको मतदान निर्णायक हुँदै छ, निर्वाचनमा ।

त्यसैले टिकटकमाथि प्रतिबन्धको एजेन्डा निकै तातेर आउने देखिएको छ । राजनीतिक विश्लेषकका अनुसार यो डेमोक्र्याटका लागि सहज हुने देखिएको छ । ठीक यसैबेलामा युवा मतदातालाई आकर्षित गर्नका लागि फेब्रुअरी महिनामा बाइडेनले टिकटक अकाउन्ट खोलेर युवामाझमा एक सन्देश दिइसकेका छन् ।
(एजेन्सीको सहायतामा)

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
८१ वर्षीय रसिंह व्यञ्जनकारले वडा अध्यक्षमा दिए उम्मेदवारी