निःशुल्क रक्तचाप र मधुमेह परीक्षण

दैलेख । विश्व स्वास्थ्य दिवसको अवसरमा दैलेखमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाले दिवसको अवसरमा दैलेख सदुुरमुकाममा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

विभिन्न उमेर समूहका १सय७८जना स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएको नारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लालबहादुर खड्काले बताए ।

यस्ता शिविरले पछि हुने समस्याको समयमै पहिचान गरी उपचार गर्न सहज हुने उनले जानकारी दिए । नागरिकमा स्वास्थ्य चेतना र शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविर फलदायी रहेको वास्थ्य शाखाका प्रमुख खड्काको भनाइ छ ।

खानपान, नियमित शारीरिक व्यायामको कमी तथा तनाव जस्ता कारणहरूले उच्च रक्तचाप तथा मधुमेहका बिरामी दिनानुदिन बढ्दै गरेको विभिन्न सर्वेक्षणहरूले देखाउने गरेको छ । समयमै रोग पत्ता लगाई उपचार गरेको खण्डमा घातक शारीरिक समस्याहरू तथा जटिल रोगको शिकार हुन नपर्ने सम्बन्धित चिकित्सको परामर्श लिनुपर्ने सुझाव दिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा निवासमा प्रचण्डलाई यो हदसम्मको बेवास्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जन्तेढुङगा गाँउपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका राई निर्वाचित