काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको उपस्थितिमा संघले शनिबार सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झाँगाझोलीमा राहत सामग्री वितरण गरेको छ ।
संघले सोही ठाउँमा बसोबास गर्ने न्यून आयस्रोत भएका ७२ घरपरिवारलाई खाद्यान्न तथा डस्ना वितरण गरेको हो ।
कार्यक्रममा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख र सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुख, संघका पदाधिकारीलगायत स्थानीय भद्रभलाद्मीको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)






