तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा

जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्ला समन्वय समिति जुम्लाका सदस्य नरविर सुनार र तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले तिला गाउँपालिकालाई बिहिवार पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हर्क बहादुर रावतले बताएका छन् । जिल्ला समन्वय समितिका सदस्य नरविर सुनारले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताए । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताएका छन्।

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वयका प्रतिनिधि नरविर सुनारले हस्तान्तरण गरेका छन् । यस्तै तिलाका ९ वटै वडालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र प्रदान गरिएको छ । खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने तिला गाउँपालिकाका क्षयरोग निरिक्षक उत्तम देवकोटाले बताएका छन् ।

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको उनले जानकारी दिए । तिला यो पटक पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्ने जुम्लाको पहिलो पालिका बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार