दैलेखमा बँदेलको आक्रमणबाट सात जना घाइते

दैलेख । दैलेखमा बँदेलको आक्रमणबाट सात जनालाई घाइते भएका छन् । भैरबी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहेका स्थानीयलाई बँदेलले घाइते बनाएको हो ।

घुम्नेखाली, पाण्डेटोल र पुनडाँडा समेत तीन वटा टोलका बारीमा गहुँ काट्दै गरेको बाटोमा हिँड्दै गरेका समेत सात जनालाई एउटै बँदेलले लखेटीलखेटी टोकेको भैरबी गाउँपालिका–६का वडाध्यक्ष तुलबहादुर हमालले जानकारी दिए । घाइतेहरु मध्ये गणेश सलामीलाई गाँउपालिकाको एम्बुलन्ेस मार्फत थप उपचारका लागि दैलेख सदरमुकाम पठाएको उनले बताए ।

बँदेलको टोकाईबाट भैरबी गाउँपालिका–६ का ४३ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २६ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते घाइते भएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए ।

प्रहरीका अनुसार घाइते घाइतेहरु सबैलाई स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको प्रहरी प्रमुख दाहालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा चुनावी चहल पहल बढ्यो