दुर्व्यसनीमा फसेकालाई नयाँ जीवन दिंदै आश्रय सुधार केन्द्र

बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका ३ मा रहेको आश्रय सुधार केन्द्रमा लागुऔसध दुर्व्यसनीमा फसेकाहरुलाई नयाँ जीवन दिंदै आएको छ। लागुऔषध दुर्ब्यसनी तथा मादक पदार्थ सेवन गर्दै समाजमा नकरात्मक कृयाकलाप तर्फ उत्साहित भएका युवाहरूलाई त्यस्ता खराब कुलतबाट टाढा राख्न स्थापना भएको सुधार केन्द्रमा अहिले पनि ७७ जना मानिस रहेको केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले जानकारी दिए।

दुर्व्यसनमा फसेकाहरुलाई केन्द्रले समूह बनाएर काउन्सीलिङ गर्ने,उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने र स्थापना बिभिन्न पद्धतीबाट उपचार गर्दै आएको संयोजक खत्रीले बताए। सुधार केन्द्र भित्र रहेका लागुऔसध दुर्ब्यवसनीहरूलाई थेरापीको माध्यमबाट उपचार गरिन्छ भने अर्को माया अनी स्नेह दिएर पनि उपचार गराउदै आएको बताए ।

‘हाम्रो पहिलो उद्देश्य त सेवन कर्ता हुनबाट रोक्ने हो’ उनले भने ‘कुनै व्यक्ति सेवन कर्ता भइसकेको छ भने त्यसको उपचार गरेर रिकभरी गर्ने, उससँग राम्रो व्यवहार गर्न आवश्यक छ ।
प्रयोगकर्ताको मनोबल बढाउन सके त्यसबाट टाढा गर्न सकिन्छ ।’ उनले पहिलो प्राथमिकता दुर्व्यसनीमा नफसून् भन्ने भएपनि यस्तो दुर्व्यसनीमा फसिहाले त्यसलाई सामाजमा पुनस्थापना गर्न पनि उतिकै महत्वपूर्ण रहेको बताए ।

लागूऔषध प्रयोगकर्तालाई बिरामीको रुपमा व्यवहार गरिनुपर्ने उनले बताए । लागूऔषध प्रयोगकर्तालाई सामाजमा पुनस्थापना गर्न मनोसामाजिक परामर्श दिने, माया गर्ने, परिवारको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्न आवश्यक रहेको उनले बताए । उनले १५/१६ वर्षको उमेरमा लागूऔषधको दलदलमा फस्ने सम्भावना बढी रहने भएकाले उक्त उमेर समुहका बालबालिकालाई सचेत गराउन आवश्यक रहेको बताए ।

लागूऔषधमा फसेकालाई आवश्यक परामर्श दिन सके सामाजमा पुनः स्थापना गर्न सकिने बतादै उनले यस सुधार केन्द्रले पनि धेरै जनालाई बिदाई गरेको र उनीहरुले समाजमा नयाँ पहिचान बनाइसके उनको भनाइ छ । केन्द्रबाट बिदा भएर गएपनि समय -समयमा हालखबर बुझ्न र नयाँ काम गरेबापत खुशियालीमा लड्डु तथा मिठाइहरू बोकर आउने गरेको देख्दा आफूलाई गर्व महसुस हुने गरेको बताए।

विगतका दिनहरूमा आफू पनि यस्तै खराब कुलतमा फस्दा घर परिवार र समाजबाट पाएको तिरस्कार र बिग्रिएको सम्बन्धबाट धेरै पाठ सिकेको र अहिले नया पुस्ताहरुमा पनि लागुऔसध ’bout जनचेतना जगाउदै प्रया हरेक हप्ता सामुदायिक बिद्यालयहरुमा लागुऔसध बिरुद्ध सचेतना कार्यक्रम गर्दै आएको उनले बताए।

यो सुधार केन्द्रले लागुऔसधमा फसेकाहरुलाई मात्र होइन समाजमा रहेका गरिव बिपन्न र असाहयलाई समेत सगयोग गर्दै आइरहेको छ। यो सस्था सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रुपमा लागिरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (सम्झाैतापत्र सहित)