मुगु । सोरु गाउँपालिकामा आर्थिक बर्ष २०८१-०८२ को लागि ५३ करोड ५१ लाख २ हजार ९६ रुपैयाँ प्रस्ताव गरिएको छ ।
गाउँपालिकाको १४ औं गाउँसभामा उपाध्यक्ष केशरबहादुर शाहीले आर्थिक बर्ष २०८१-०८२ को लागि कुल ५३ करोड ६१ लाख २ हजार ९६ रुपैयाँ बजेट प्रस्तुत गरेका हुन । पालिकाले अघिल्लो चालु आर्थिक बर्ष २०८०-०८१ मा ४६ करोड ४६ लाख ४७ हजार बजेट प्रस्तुत गरेको थियो । अघिल्लो बर्षको तुलनामा यो पटक पालिकाले झण्डै ८ करोड बजेट बढी प्रस्ताव प्रस्ताव गरेको छ ।
उक्त कुल प्रस्ताविक बजेट मध्ये पूजीगत तर्फ २२ करोड ८४ लाख ७० हजार रहेको भने भने चालु तर्फ ३० करोड ६६ लाख ३२ हजार ९६ रुपैयाँ रहेको उपाध्यक्ष शाहीले जानकारी दिए । पालिकाको आन्तरिक श्रोतमा ५० लाख बजेट प्रस्तुत गरिएको छ ।्अघिल्लो बर्ष ३३ लाख आन्तरिक श्रोत प्रस्ताव गरिएको थियो ।
आर्थिक बर्ष २०८१-०८२ को बजेटमा शिक्षामा ,स्वास्थ्य, पूर्बाधार निर्माण रैथाने बाली प्रर्बधन सुचना प्रबिधि लैगिंक हिसा न्यूनिकरण जस्ता कार्यक्रमलाई बजेटमा बिशेष प्राथमिकता दिइएको उपाध्यक्षको भनाई छ । सोरु गाउँपालिकाको १४ औं बजेट अधिबेसन सभामा अध्यक्ष धर्मबहादुर शाहीले आर्थिक बर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।
नीति तथा कार्यक्रममा ११ वटै वडातहका बस्तीस्तरमा सडक निर्माण ५५ वटा बस्तीका स्थानीयलाई शुद्ध खानेपानी ग्रामिण बिद्युतीकरण, बिद्यालय भवन निर्माण, सबै वडातह बाटै स्थानीयको सेवाप्रबाह हुने गरि पूर्बाधार निर्माणको ब्याबस्था उल्लेख गरिएको अध्यक्ष शाहीको भनाई छ । उनले भने पालिका भित्र आवासिय बिद्यालय संचालन तारापानीमा निमार्णाधिन १५ शैया अस्पताल संचालन नीति तथा कार्यक्रममा उल्लेख गरेका छौ ।
नीति तथा कार्यक्रममा ग्रामिण पर्यटन प्रर्बधनलाई जोड, यस गाउँपालिका भित्र पुरातात्विक महत्व बोकेका ऐतिहासिक धार्मिक मठमन्दिर भीई गुरामन्दिर लगायत जीर्णेद्धार, जिमा कुलाहाँ तातोपानीलाई पर्यटकियस्थलमा बिकास गर्न बिशेष जोेड दिइएको प्रमुख प्रशासकिय अधिकृत तीर्थराज शाहीले जनाए । पालिकाले खेलकुद क्षेत्रको प्रर्बद्धन र बिकास गर्न नीति तथा कार्यक्रम उल्लेख गरेको छ । पालिका भित्रका धार्मिक पर्यटन पदमार्ग निर्माण बिरामीका निम्ति एम्बुलेन्स संचालन नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । १४ औं गाउँसभामा पालिका केन्द्र पनि निर्धारण गर्ने तयारी गरिएको छ ।
सोरु गाउँपालिकाको १४ औं गाउँसभाको उदघाटन संघीय सांसद ऐनबहादुर शाहीले गरेका छन । उक्त गाउँसभामा प्रदेशसभासद मंगलबहादुर शाही पनि सहभागी भएका छन ।






