जसले नेपालका लागि बेलायती नागरिकता त्यागे

पोखरा । न त उनी नेपाली होइनन्, तर उनले ‘नेपाल’कै खातिर बेलायती नागरिकता त्यागे र जीवनभरका लागि नेपालीको सेवामा आफूलाई अर्पण गरे । ‘नेपाली हुँ’ भन्नेले धमाधम नेपाली नागरिकता त्यागिरहेका बेला जेपी क्रसले भने २०३२ सालदेखि नेपालमा स्थायी बसोबास थालेका हुन् । आज उनी सय वर्ष पुगेका छन्, अर्काे अर्थमा ‘शताब्दी पुरुष’ । उनै बेलायती नागरिक र ब्रिटिस सेनाका कर्णेल जेपीले शुक्रबार नेपालीको न्यानो माया पाए ।

नेपाली राष्ट्रियताका हिमायती, कला–संस्कृतिका संरक्षक शताब्दी पुरुष कर्णेल जेपीलाई सय वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विशेष कार्यक्रमबीच ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले अभिनन्दन गरेको हो ।

३१ वर्षदेखि पोखरामा जेपी क्रस बास्केटबल प्रतियोगितासमेत हुँदै आएको छ । विद्यालयस्तरीय प्रतियोगिता जिल्ला बास्केट संघ कास्कीले आयोजना गर्दै आएको छ । जेपी क्रसका २२ कृति प्रकाशित छन् भने तीन कृति एकसाथ प्रेसमा जाने तयारीमा छन् । २००३ सालमा पहिलोपटक ब्रिटिस सेनाको प्रतिनिधिका रूपमा नेपाल आएका उनी २०१८, २०२२ र २०२८ सालमा पनि नेपालमा एक–एक महिना घुमेर फर्फेका थिए । २०३२ सालबाट नेपालमा स्थायी रूपमा बसोबास गरेका जेपीले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाली नागरिकता पाएका हुन् । सम्मान ग्रहण गर्ने क्रममा उनले राजा वीरेन्द्रको निगाहबाट आफू नेपालको नागरिक हुन पाएको भन्दै खुसी व्यक्त गरे ।

‘नेपाल चुम्बक हो र म फलाम, जसले मलाई सधैं यहाँ तानिरहन्छ, मेरो अब पोखराकै सेती नदीमा आफ्नो अन्तिम संस्कार गरियोस् भन्ने चाहना छ,’ नेपाली भाषामा त्रिविबाट स्नातक जेपीले भने । धर्मछोरा बुद्धिमान दुरा ‘धम्पु’सँग अघिल्लो जन्मदेखिकै सम्बन्ध भएकै कारण यस जन्ममा पनि सँगै हुन पाएको उनी बताउँछन् ।

१९८१ सालमा जन्मिएका जेपी शताब्दी अर्थात् सय वर्ष प्रवेश गरेकामा विभिन्न संघसंस्थाको अनुरोधमा अभिनन्दन एवं सम्मान गरिएको धर्मछोरा एवं ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रोल्पामा चार पार्टीबीचको झडपमा कांग्रेस उम्मेदवार घाइते