बागमतीको बजेट पास

मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१-०८२ को बजेट बहुमतले पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो । प्रदेश सभाको दोस्रो कार्यकालको चौथी अधिवेशनको ३१ औ बैठकले बजेट पारित गरेको हो ।

गत असार १ गते प्रदेश सभामा पेश भएको बजेट सम्बन्धमा प्रदेश सभामा असार ६ बाट छलफल सुरु भएको थियो । प्रदेश सरकारका तर्फका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले अर्थ सम्बन्धीमा प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक संसदमा पेस गरेका थिए । सभामुख भुवन कुमार पाठकले प्रदेश सभाको बिहीबार राती बसेको तेस्रो बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक प्रदेशसभामा निर्णायार्थ पेस गरेकोमा बहुमतले पारित भएको हो ।

प्रदेशसभाको बैठकले ९ जना सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकृत गरेको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री थपलियाले गत असार १ गते आर्थिक वर्ष २०८१-०८२ का लागि ६४ अर्ब ५४ लाख रुपैयाँ बजेट प्रदेश सभमा प्रस्तुत गरेका थिए । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट ल्याएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

epaper

ताजा समाचार

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा