सिँचाइ कुलो निर्माणले किसानलाई ल्याएको खुसी

दैलेख । दूल्लु नगरपालिका–६ छिउडी पुसाकोटका किसान सरस्वती खड्का पछिल्लो समयमा खुशी भएकी छन् ।उनी गाउँमा खेतबारीमा सिँचाइ गर्ने कुलो पक्की बनेपछि उनीमा खुशीको सीमा बढेको छ । वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले सिँचाइ कुलोबाट पानी आउन थालेपछि सहज भएको खड्काको भनाई छ । सिंचाई कुलो निर्माण भएपछि आफुहरुले पहिलाको जस्तो जग्गा बाझो राख्नु नपरेको उनको भनाई छ ।

सिँचाइ कुलो निर्माण भएपछि उत्पादनसमेत वृद्धि हुने गाईखुरे बल्लेपाटा बिरिया छिप्छिपे योजनाकाकोषाध्यक्ष डिल कुमारी थापाले बताइन् । यसबाट करिब १२ सय घरधुरी लाभान्वित हुने उनको भनाइ छ । खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय दैलेखको आर्थिक सहयोगमा करिब साढे ३ सय मिटर लामो सिँचाइ कुलो निर्माण गरिएको उनले जानकारी दिइन् ।

सिँचाई कुलो निर्माणको लागि करिब ३२लाख लगानी भएको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय दैलेखका कार्यालय प्रमुख टोपेन्द्र सुन्दरमल्लले बताए ।बर्षौ देखि सिंचाईको समस्या भोग्दै आएका किसानलाई सिचाइ कुलो बने पछि ठुलो सहयोग भएको उनको भनाई छ ।

सिँचाइ कुलो निर्माण भएपछि दुल्लु नगरपालिका वडा नं–६को महत्वपुर्ण भूभागमा सिँचाइ सुविधा पुग्ने भएकाले उत्पादनसमेत वृद्धि हुने दूल्लु नगरपालिका वडा नं–६ का वडाध्यक्ष हस्त बहादुर खड्काले बताए । उनले सिँचाइ कुलो नहुँदा जमीन बाझो राख्नुपर्ने समस्या थियो, सिँचाइ कुलो निर्माणसँगै समस्या हटेकोे बताए ।वर्षैंदेखि बाँजो रहेको जमिनमा खेती लगाउन सहज हुने भएको जनताका आवश्यक माग सम्बोधन गरी वडा कार्यालयले कामगरिरहेको वडाध्यक्ष खड्काले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारका एजेन्डा: विकासभन्दा सुशासन प्राथमिकता