काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत मायाको घर…को भिडियो शुक्रबार बेलुका काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेका छन् । साँगीतिक कार्यक्रम गर्न अमेरिका बसाईको क्रममा यो गीतको भिडियो अमेरिकामै तयार गरिएको उनले बताए ।
शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यसको भिडियो सार्वजनिक गरिएको हो।
गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत तथा रामकृष्ण ढकालको स्वर रहेको छ। गीतको भिडियोमा बाबा र छोरीको कथा समेटिएको छ । भिडियोले बेला बेलामा दर्शकलाई भावुक बनाउँछ । गायक रामकृष्णले गीतको भिडियोमा अभिनय पनि प्रभावशाली गरेका छन् ।
कार्यक्रममा ढकालले यो भिडियोको कथा कहीँ कतै हाम्रो नजिकमा मेल खाने बताए। उनले यो कथा आफ्नो पनि नजिकको रहेको र धेरैको जीवनमा कथाले मेल खाने बताए । भिडियोमा सुशील खनालको छायाङ्कन तथा सम्पादन रहेको छ भने क्रिएटिभ हेड आशा गौतम र सहायक निर्देशक रोशन अधिकारी हुन् ।






