जलवायु परिवर्तनका कारण परिवारमा खाद्यान्न अभाव हुँदा बालिकाको सानै उमेरमा विवाह हुने घटना बढेको छ । मौसम प्रकोप हुँदा किसान परिवार आर्थिक संकटमा परेका छन् । कृषि र वृक्षरोपणमा महिलाको ठूलो योगदान छ । तिनीहरू असंगठित क्षेत्रको श्रमशक्तिका रूपमा चिनिन्छन् ।
पुरुषहरू सहरी क्षेत्रतर्फ पलायन भएकाले खेतीपातीको जिम्मेवारी महिलाको काँधमा परेको छ । यस्तो अवस्थामा महिलाहरूले अक्सर मौसमको अनियमितताको एक्लै सामना गर्नुपर्ने हुन्छ । यति मात्र होइन, बदलिँदो मौसमका कारण अधिकांश केटीहरूले आफ्नो पढाइ बीचमै छोडेर खेतबारीमा सहयोग गर्न बाध्य छन् । बालीनाली नहुँदा महिलाले आम्दानी नपाएपछि आफ्ना छोराछोरी विद्यालय छोड्न बाध्य छन् ।
आम्दानी नहुँदा केटीहरूको सानै उमेरमा विवाह हुन्छ । फलस्वरूप, उनीहरूले सानैदेखि विभिन्न प्रकारका यौन हिंसाको सामना गर्छन् । ग्रामीण नेपालका तीन चौथाइ श्रमिक महिला आफ्नो जीविकोपार्जनका लागि खेतीपातीमा निर्भर छन् ।
यीमध्ये धेरैथोरै महिलाहरू आफैं किसान हुन् वा खेतमा स्वामित्व अधिकार छन् । यसले अन्य कुराहरूसँगै बिग्रँदै गएको मौसमले कृषि क्षेत्रमा काम गर्ने महिलाहरूमा पनि नकारात्मक असर पारेको देखाउँछ ।
आज हामी विश्वव्यापी स्तरमा दिगो विकासमा लैंगिक भेदभाव उन्मूलन गर्ने कुरा गरिरहेका छौं । अर्काेतर्फ सामाजिक र राजनीतिक कारणले लंैगिक विभेदको जरा बलियो हुँदै गएको छ ।
यस्तो अवस्थामा लैंगिक समानताको लक्ष्यमा पुग्ने र विश्वमा दिगो विकासको सपना कसरी पूरा गर्ने भन्ने हामीले सोच्नुपर्छ ? नत्र फेरि पनि लैंगिक असमानता हाम्रा लागि ठूलो चुनौती साबित हुनेछ । लैंगिक समानता बिनाशान्त र सुन्दर संसारको परिकल्पना गर्न सकिँदैन ।
त्यसैले, जलवायु परिवर्तन र महिलाविरुद्ध हुने हिंसाबीचको गहिरो सम्बन्धलाई जनताले बुझ्नुपर्छ । विश्वभरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावले शारीरिक, मनोवैज्ञानिक, आर्थिकलगायत लैंगिक हिंसाका सबै आयामलाई बढाउँछ । जसका कारण बढ्दो लैंगिक हिंसाको रोकथाम र रोकथामका उपायहरू अवरुद्ध हुन्छन् ।
यससँगै बढ्दो लैंगिक हिंसालाई रोक्ने सम्भावना निकै कमजोर बन्दै गएको छ । जलवायु परिवर्तन वातावरणीय संकट मात्रै होइन, यसले न्याय र लैंगिक समानतालाई पनि नकारात्मक असर पार्छ ।
(वरिष्ठ पशु चिकित्सक डा. केदार कार्कीको ‘महिलाविरुद्ध लैंगिक हिंसाको सम्भावना र जलवायु परिवर्तन’बाट)