नाफामा हिमाली जनजीवनका चित्रकला

काठमाडौं । काठमाडौँको नक्साल स्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को ग्यालरी यति बेला हिमाली चित्रमय भएको छ । शुक्रवारबाट त्यहाँ सुरु भएको ‘टेसिङ दि हिमालय’ शीर्षकको कला प्रदर्शनीमा हिमाली ल्यान्ड स्केपसँगै त्यहाँका जनजीवनका चित्रहरू प्रस्तुत छन् ।

प्रदर्शनीमा हिमाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकारहरू छिरिङ फोन्जो गुरुङ, तेन्जिङ आङ्डाक गुरुङ, धोर्जे गुरुङ लामा, र पेम्बा शेर्पाको सहितको जम्मा ६४ कलाकृति रहेका छन् । यो प्रदर्शनी ९ मंसिरसम्म जारी रहने छ ।

चोसर आर्टस् मुस्ताङको आयोजनामा थालिएको यो प्रदर्शनीको शुक्रवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे । कार्यक्रममा उनले भने, ‘नेपालीपनको कला खोज्ने हो भने यस्तै लोक परम्परामा भएका र हाम्रै नेपाली जन्मभूमिबाट उठेका सिद्धान्त र दर्शनका आधारमा सिर्जना भएका कलाकृतिलाई बाहिर ल्याउनु पर्छ । हिमवत्खण्डका इथ्नोकग्निटिभ ज्ञानअनुरूप सिर्जित कला सिर्जना तथा आफ्नो जन्मभूमिको नितान्त दर्शनका आधारमा बनेको कला हिमाली संस्कृति ओझेलमा परेका बेला यो प्रदर्शनी नमुना कार्यक्रम बनेको छ ।’

काठमाडौँमा भइरहेका प्रदर्शनीमा हिमाली भेगको कला कम देखिएको र सबैको नजर नपुगेको देखिएपछि आफूहरूले यो प्रदर्शन गरेको छोसेर आट्र्स मुस्ताङका निर्देशक छिरिङ फोन्जो गुरुङले बताए । मौलिक कलाको प्रवर्धनको लागि यो प्रदर्शनी गरिएको प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाको कथन छ ।

क्युरेटर मिना लामाका अनुसार प्रदर्शनीमा राखिएको चित्रमा नितान्त हिमाली भेगको जनजीवनको आध्यात्मिक अभ्यास तथा संघर्ष चित्रित गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

विराटनगरमा महेश बस्नेतलाई रातो मसी छ्याप्ने को ?