राजविराज । जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन । जबरजस्ती करणी मुद्धामा जेल जीवन विताईरहेको अवस्थामा फरार भएका सप्तरीको बोदेर्बसाईन नगरपालिका १ महनौरी टोलका ३५ वर्षिय कामेश्वर मण्डल पक्राउ परेका हुन ।
उनलाई आइतवार इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटेको प्रहरी टोलीले गाउँघर मै लुकी वसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
उनी जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते राजविराज कारागारबाट फरार भएका थिए । जबरजस्ती करणी मुद्धामा सप्तरी जिल्ला अदालतले उनलाई ३ लाख जरिवाना तथा ७ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
कैद सजाय भुक्तान हुन बाँकी रहेकै अवस्थामा फरार भएका उनको खोजी कार्य ब्यापक बनाइए पछी सफलता मिलेको प्रहरी नायब उपरिक्षक पुरीको भनाइ छ ।
जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट २ सय ५ कैदी बन्दी फरार भएका थिए । जस मध्ये हाल सम्म १ सय २४ जना कैदीबन्दी फिर्ता ल्याइएको छ भने ६ भारतीय नागरिक सहित ८१ जना अझै पक्राउ पर्न बाकी रहेको जेल प्रशासनले जनाएको छ ।
सम्बन्धित समाचार
धनुषामा मिटरब्याज पीडित महिलाको बीभत्स हत्या
डिजिटल वालेट प्रयोग गरी वित्तीय ठगी धन्दा संचालन
करणी अभियोगमा खतिवडा र भोलन पक्राउ
सप्तरीबाट ठूलो परिमाणमा गाजा बरामद
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै बारा एमाले सडकमा
सुन चोरेको आरोप लागेका घर्ती धरौटीमा रिहा, विश्वकर्मा पुर्पक्षका लागि थुनामा
एनपिएलमा सट्टाबाजी गराउन खोज्ने २ जना पक्राउ
आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका बाबुल ३ लाख रुपैयाँ धरौटीमा रिहा






