काठमाडौँ इन्टरनेसनल पर्फर्मेन्स आर्ट फेस्टिभल सुरु

काठमाडौं । काठमाडौँको नक्साल स्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनी हलमा सोमबारबाट ‘काठमाडौँ इन्टरनेसनल पर्फर्मेन्स आर्ट फेस्टिभल २०२५’ सुरु भएको छ । महोत्सव त्यहाँ १२ मंसिरसम्म जारी रहने आयोजक पक्षले जनाएको छ । महोत्सवको पहिलो दिन प्रदर्शन भन्दा अन्तरक्रियामा केन्द्रित रह्यो ।

यो महोत्सव नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा बिन्दु स्पेस फर आर्टिस्टको आयोजनामा सुरु भएको हो ।महोत्सवको उद्घाटन समारोहमा बिन्दु स्पेस फर आर्टिस्टका निर्देशक पृथ्वी श्रेष्ठले सबैलाई स्वागत गर्दै आफूहरूले केही फरक महोत्सव आयोजना गर्दै आएको जिकिर गरे । चित्रकलासँगै प्रतिस्थापन कलाको प्रवर्धनको लागि आफूहरूले यो महोत्सव आयोजना गर्दै आएको पनि श्रेष्ठले कार्यक्रममा बताए । महोत्सवमा ९ मंसिरबाट दैनिक हुन प्रत्यक्ष प्रदर्शनी कला प्रस्तुति कलाप्रेमीका लागि नयाँ हुने पनि आयोजक श्रेष्ठले जानकारी गराए ।

सो महोत्सवको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिस्थापन तथा भावभंगीमा कलालाई परम्परागत सीमाभन्दा पर रहेको समाजसँग प्रत्यक्ष जोड्नु पर्ने बताए । उनले यस्ता कलालाई संवाद स्थापित गरेर जीवन्त माध्यमका रूपमा वर्णन गर्दै जानु पर्ने सुझाब पनि उनले दिए । यो कलाले विचार, संवाद र अन्तर–सांस्कृतिक चेतनालाई गहिरो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुलपति हार्तम्छालीले कार्यक्रममा बताए ।

प्रतिष्ठानका बहु आयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले फरक कला रुचाउनहरुका लागि यो महोत्सव उपयुक्त हुने जिकिर गरे । नेपालमा प्रतिस्थापन कलाको अवस्था’bout दर्शनधारीले कार्यक्रममा चर्चा गरे । उनले महोत्सवमा सहभागी हुन सम्बन्धित कलाकार तथा कल प्रेमीहरूलाई पनि अपिल गरे ।

यो महोत्सवमा विभिन्न देशका कलाकारहरु सहभागी छन् । जसमा नेपालबाट मनीषलाल श्रेष्ठ, सरिता डंगोल, पृथ्वी श्रेष्ठ, सौरगंगा दर्शनधारी, मुना भडेल, अनिल सुब्बा, ध्रुवराज शर्मा, रायन राजभण्डारी, सामना राई, समिर रनपहेली, सुविस्त कायस्थले आफ्नो विविध कला प्रस्तुत गरेका छन् ।

यस्तै अस्ट्रियाबाट उर्सुला मारिया प्रोब्सट्, भारतबाट राईस, शोभान भण्डारी, डा. आनन्द जयसवाल, नितेश कुसवाहले कला प्रस्तुत गरेका छन् । यसै गरी महोत्सवमा बंगलादेशबाट फराह नाज मुन, ब्राजिलबाट इडिरडो कार्दोसो अमातो, चिनबाट लि जिनेङ, फिलिपिन्सबाट निकोलास अकाजर, सिंगापुरबाट जेरेमी हैव बोउन होउ र श्रीलंकाबाट प्रियान्थी अनुसाले पनि यो महोत्सवमा आफ्नो कला प्रदर्शन गरेका छन् । महोत्सवमा ९ देखि ११ मंसिरसम्म विशेष कला प्रस्तुत गरिने पनि आयोजक पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)