रोधी घरमा नाच्दै राजेश र करिश्मा

काठमाडौं । अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले नयाँ गीत ‘नाँच्छु रोधी घरैमा…’को भिडियोमा मोडलिङ गरेका छन् । ओएसआर डिजिटलबाट रिलिज गरिएको यो गीतमा प्रतीक्षा गुरुङको स्वर, एकनारायण भण्डारीको रचना र दीपक शर्माको संगीत रहेको छ । गीतको भिडियोमा राजेश र करिश्माको अभिनयले उनीहरूको पुराना चलचित्रको याद दर्शकलाई दिलाउँछ ।

यो भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । देवेन्द्रले राजेश हमाललाई लिएरै दर्जन माथी भिडियो निर्देशन गरिसकेका छन् । कुनैसमय राजेश हमालको पछाडी बसेर कोरसमा नाँचेका देवेन्द्रले अहिले म्युजिक भिडियोहरु निर्देशन गर्ने गर्छन् ।

उत्सव दाहालले खिचेको भिडियो बिकाश दाहालले सम्पादन गरेका हुन् । निर्देशक पाण्डेका अनुसार यो भिडियो गएको निर्वाचन भन्दा अगाडी खिचिएको थियो र अहिले सार्वजनिक गरिएको हो । यस्तै ३ बर्षअघि पनि राजेश र करिश्मालाई नै अभिनय गराएर देवेन्द्रले नै एक म्युजिक भिडियो बनाएका थिए । भिडियोमा खिम बहादुर थापा निर्माता रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने