कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

पाटन । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले दिएको जानकारीअनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख ७ गते सोमबार दिउँसो ३:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर ललितपुरमा बस्ने भएको छ ।

क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको ‘डिजिटल’ अद्यावधिक अभियानलाई सफल पार्न बागमती प्रदेशका नेताकार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

महामन्त्री पौडेलले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले ‘जरा’ अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधिलगायतको प्रशिक्षण कार्यक्रम क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न खोजिएको बताएका छन् । उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ