काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । खेलको २ ओभर ३ बलमा नेपालका अर्जन साउद आउट भए । जुनैद सिद्दिकको बलमा उनी बोल्ड भएका हुन् । आउट हुनुअघि उनले ११ बलमा १३ रन जोडे । यस क्रममा उनले तीन चौका प्रहार गरे ।
आज नेपाली टोलीमा कप्तान ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, अर्जुन साउद, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, नन्दन यादव हेमन्त धामी र शेर मल्ल छन् ।
युवा खेलाडीको बाहुल्यता रहेको टोलीले टी–२० मा नयाँ अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ । सिरिजमा नेपाली टोलीमा अनुभवी अनुहारसँगै युवा खेलाडीलाई प्राथमिकता दिइएको छ। यो सिरिजमा नियमित कप्तान रोहित पौडेल भने मैदानमा हुने छैनन् ।
नेपाल क्रिकेट संघ क्यानले रात्रिकालीन समयमा हुने यस सिरिजको दोस्रो खेल मंगलबार हुने जनाएको छ ।
सम्बन्धित समाचार
यू–१९ टेबल टेनिस टोली भारत प्रस्थान, धनगढीमा भव्य विदाइ
फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
‘पोखरा ओपन एथलेटिक्स मिट’ शनिबारदेखि
प्रधानमन्त्री कपः आजको खेलमा गण्डकी प्रदेश विजयी
महिला क्रिकेट टोली रुवान्डातर्फ प्रस्थान
पाँचखपनले जित्यो अन्तरपालिका पुरुष भलिबल उपाधि
इटालीविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै
काठमाडौंमा ह्विलचियर बास्केटबल प्रतियोगिता सम्पन्न






