इतिहासमा चर्केको बहस:‘अगाडि बढ्न पछाडि फर्किनुपर्छ’

इलाम । म को थिएँ, कहाँ थिएँ र भोली के गर्छु भन्ने विषय निक्कै महत्वपूर्ण हो । इतिहासले आफैलाई चिनाउँछ । ‘इलामको इतिहास’ पुस्तकका लेखक युद्ध वैद्यले दिएको उत्तर थियो । सुजित मैनालीले हामी भविष्य राम्रो बनाउन चाहन्छौँ, अतीततर्फ किन फर्किने, इतिहास किन पढ्ने ? भन्ने प्रश्नको जवाफ दिएका हुन ।

त्यही प्रश्नमा मदन पुरस्कार विजेता मोहन मैनालीले थपे ‘अगाडि बढ्न केही पछाडि सर्नै पर्छ । छेलो फाल्ने खेलाडी जसरी पछाडिबाटै कुदेर सबै भन्दा पर फाल्छ त्यस्तै भविष्यका लागि इतिहास पढ्नुपर्छ । पछाडि के छ ? हेर्नुपर्छ । इतिहासलाई विद्यालयमा अनिवार्य पठनको विषय बनाउनुपर्छ । इतिहास नहेरेर इलामले दुख पाइरहेको छ मैनालीको थपे, ‘पानीको इतिहास राम्रोसँग पढेको भए ‘झापाबाट इलाम आउने छोटो बाटो’ बेलासेमा अहिलेको समस्या पर्दैन थियो ।’ त्यो पुल भत्कने थिएन । ’cause इतिहास हेरेको भए सबै भन्दा बढी पानी कहिले परेको थियो थाहा हुन्थ्यो । पानी पर्न सक्छ है भनेर त्यो अनुसार पुल बन्ने थियो । त्यसरी बनेको भए गत वर्षको बाढीले केही गर्ने थिएन ।

इलाम साहित्य महोत्सवको दोस्रो दिन दर्शकको ध्यान खिचेको मैनालीको यो भनाई इलामेलीका लागि मेल खाने गरी थियो । किन भने पहिले पानी कति परेको छ न हेरी पुल बनाएपछि बगाउँछ त हेर्नु पर्दे भन्दा हलमा पटटट ताली बज्यो ।

उनले पानीको इतिहास हेर्नु पथ्र्यो मात्र भनेन डाटा नै भनिदिए । १९८१ मा ३ सय २० मिलिमिटर पानी परेको थियो २०८२ मा ३ सय ३२ मिलिमिटर पानी पर्दा बाटो र पुल बिगारो । पहिलेको इतिहास हेरेको भए पानी पर्न सक्छ है भनेर त्यही अनुसार पुल बनाइन्थ्यो त्यो नहेरेकाले अहिले दुख पाइयो । त्यसैले भविष्य बनाउन इतिहास पढ्नुपर्छ ।

पत्रकार सुधीर शर्माले पनि इतिहासकै चर्चा गरे । ‘हिमालपारी, हिमालवारी’ विषयमा नेपाल–चीन सम्बन्धको इतिहासको गरेका थिए । ‘इतिहासकै निरन्तरता वर्तमान हो र भविष्य पनि इतिहास नै हुन्छ । इतिहास नहेरी चित्र कोरिँदैन । नेपालको लिखित इतिहास धेरै पुरानो छैन । तर चीनमा धेरै अगाडिदेखिका लेख्य सामाग्री छन्’, उनले भने, ‘नीति निर्माण तहका व्यक्तिहरूले, हामी आफैँ सच्चिन र देशलाई सही दिशामा लैजान इतिहास अध्ययन गर्नपर्छ ।’

पत्रकार दीपक सापकोटासँग इलाम साहित्य महोत्सवमा बहस गरेका उनले इतिहास महत्पूर्ण विषय भएको तर्क गरे । ‘भिक्षु, व्यापार र विद्रोह’ पुस्तकका लेखक शर्माले विगतका गल्ती दोहोरिन नदिन इतिहासको अध्ययन गर्नुपर्ने बताए । इलाम साहित्य महोत्सवको दोस्रो दिन “इतिहास र भविष्य” विषयले केन्द्रस्थान लिँदा वक्ताहरूले अतीतको अध्ययन बिना दिगो भविष्य सम्भव नहुने सन्देश दिए । महोत्सवको पहिलो दिन डिजिटल मासु भातदेखि कविता, आख्यान र पर्यटनसम्म डुबेको इलाम दोस्रो दिन इतिहास र भविष्यमा डुब्यो ।

शिक्षा विधेयकको सकसमा डा. योगेन्द्रमान श्रेष्ठ, पूर्ण गौतम, र टंक गौतमसँग सटेन्द्र जवेगुले छलफल गरेका थिए । वक्ता टंक गौतमले विद्यालय अहिले स्थानीय सरकारको मातहतमा रहे पनि शिक्षक व्यवस्थापनको जिम्मेवारी अझै सङ्घीय सरकारमै रहेको उल्लेख गरे। उनले स्थानीय तहलाई विद्यालय हस्तान्तरण गर्दा दायित्व स्पष्ट नभएकोमा प्रश्न उठाए । त्यस्तै योगेन्द्रमान श्रेष्ठले शिक्षा विधेयक शिक्षक केन्द्रित भएको र शिक्षाको गुणस्तर सुधारमा केन्द्रित नभएकाले अन्योल सिर्जना भएको बताए ।

उनले प्राविधिक शिक्षाका विद्यार्थी बिदेसिनु रोक्न विधेयकले खासै योगदान नपु¥याउने धारणा राखे । साथै गणित, विज्ञान र कम्प्युटर जस्ता विषय अनिवार्य रूपमा अङ्ग्रेजी माध्यममै पढाउनुपर्छ भन्ने धारणा पनि गलत रहेको उनको तर्क थियो । त्यस्तै पूर्ण गौतमले देशभरका स्थानीय हलाइ विद्यालय दिँदै गर्दा दायित्व कसले लिने भने अन्योल रहेको बताए ।

उनले विद्यालयमा स्थानीय तहले लगानी गरेको छैन त्यसैले स्थानीय तहलाई दाइत्व दिन नमिल्ने धारणा राखे । यस्तै, सीमावर्ती साहित्यका ’boutमा विनीता क्षेत्री, कृष्ण बराल र ज्ञानेन्द्र याक्सोसँग डा. हेम भण्डारीले छलफल गरेका थिए ।

महोत्सवको अन्तिम क्षणमा इलाम–१ का सांसद निष्कल राईले ‘अरेन्ज इकोनोमी र ग्रिन इकोनोमीमार्फत इलामको विकास’ को अवधारणा राखे । उनले इलाम केवल दृश्य मात्र नभई संस्कृति र सभ्यताको उल्लेख गर्दै प्रकृतिलाई संरक्षण गरेर स्रोतको उपयोग गर्नु नै ग्रिन इकोनोमी भएको बताए । ग्रीन इकोनोमीको अभ्यास सुरु गरिए पनि इलामले आगामी दिनमा अरेञ्ज इकोनोमीमार्फत इलामको पर्यटन विकास गर्नुपर्ने धारणा राखे ।

उनले भने ‘हाम्रो संस्कृति, परम्परा, सङ्गीत र कला आर्थिक सम्पत्ति हुन् । चिया उत्पादन मात्र होइन, त्यो कथा र ब्रान्ड बेच्नुपर्छ ।’ इलाममा इको–टुरिजमका लागि पर्याप्त रहेको उल्लेख गर्दै उनले संस्कृतिको अनुभव बेच्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिने बताए । यसले इलामको पर्यटन दुईदेखि चार गुणासम्म बढ्न सक्छ ।

पर्यटकहरू स्थान मात्र होइन, अनुभव र रैथाने खाज्ने भएकाले पर्यटनलाई प्रवद्र्धन गर्न आवश्यक छ । दुई दिन चलेको इलाम साहित्य महोत्सव कविता, पर्यटन, आख्यान, इतिहास लगायतका विभिन्न विषयमा छलफल, रचना पाठ, सम्मान, पुरस्कार वितरणसँगै महोत्सव सकिएको छ ।

एक करोड २५ लाखको ‘जुनिता ट्रस्ट’
सगरमाथा आरोही जुनिता सुब्बाले १ करोड २५ लाख रुपैयाँको ‘जुनिता ट्रस्ट’ स्थापना घोषणा गरेकी छन् । इलाम साहित्य महोत्सवको पाँचौं संस्करणमा आफ्नो कवितासंग्रह ’प्रिय आत्मन’ को विमोचन कार्यक्रममा उक्त घोषणा गरेकी हुन् । उनी हाल अमेरिकामा छिन् ।

भर्चुअलमार्फत रूपमा घोषणा गरिन । उनले पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम पनि ट्रस्टमै जम्मा गरिने उल्लेख गरिन् । उक्त ट्रस्टमार्फत विशेष क्षमता भएका इलामका ७ विद्यार्थीलाई विभिन्न निजी विद्यालयमा अध्ययन गराइरहेको जानकारी दिँदै सुब्बाले सामाजिक क्षेत्रमा दीर्घकालीन योगदान गर्ने उद्देश्य रहेको बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

बिनाविकल्प हटाइए प्रतिकार: पोखराका सुकुमबासी