सीआरसी प्रतिवेदन अघि बढाउन प्रतिबद्ध छाैँ : मन्त्री वादी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि सीआरसी (कन्भेन्सन अन दि राइट्स टू चाइल्ड) प्रतिवेदन तयार गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघिबढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन् ।

मन्त्रालयले बुधबार आयोजना गरेको बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (सीआरसी) को प्रतिवेदन प्रक्रिया’bout अभिमुखीकरण कार्यक्रममा मन्त्री वादीले बाल अधिकारको संरक्षण, प्रवर्द्धन र सीआरसी प्रतिवेदन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाइन् ।

उनले लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि आ–आफ्नोतर्फबाट योगदान गर्न सबै व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, निजीक्षेत्र, सञ्चारमाध्यम तथा सरोकारवाला संघरसंस्था र निकायमा अनुरोध गरिन् ।

कार्यक्रममा सीआरसीको अवधारणा, नेपालका प्रतिबद्धता, प्रतिवेदन प्रक्रिया, बाल अधिकारका प्रमुख क्षेत्रहरू तथा आगामी कार्ययोजना’bout छलफल गरिएको थियो ।

मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५ संशोधन गर्न सर्वसाधारणको राय पनि मागेको छ । त्यसैगरी मन्त्रालयले महिला तथा किशोरीहरूलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ निःशुल्क हेल्पलाइन सेवा वा अस्पतालमा अवस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं १०० वा बाल हेल्पलाइन सेवा १०९८ वा मन्त्रालयको इमेल, मोबाइलमा सम्पर्क गरी तत्कालै जानकारी गराउन पनि अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ हाजिरी जमानीमा रिहा