सुन तोलामै ४ हजार ४ सयले वृद्धि, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख २ हजार ९ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदी पनि प्रतितोला ३५५ रुपैयाँले बढेको छ । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५५ रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

epaper

ताजा समाचार

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु