सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन नासु बलीरामप्रसाद कुर्मीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ ।

आयोगले हुलाक बचत बैंक बारामा बचतकर्ताको रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा रु पाँच करोड ३५ लाख ६४ लाख २७९ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले विसं २०८२ माघ २२ गतेको फैसलाबाट आंशिक सफाइ दिएको थियो ।

उक्त फैसलाविरुद्ध चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीका सुकुम्वासी सडकमा