खोटाङमा जेष्ठ पत्रकारलाई मासिक ३ हजार पेन्सन दिन कोष स्थापना

खोटाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले पत्रकारिता पेसालाई मर्यादित र सुरक्षित बनाउने उद्देश्यसहित ‘जेष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरेको छ । शाखा अध्यक्ष हरिवोल आचार्यका अनुसार कोषबाट जिल्लामा २५ वर्षदेखि निरन्तर पत्रकारिता पेसामा आबद्ध र ६५ वर्ष उमेर पूरा गरेका पत्रकारलाई मासिक तीन हजार रुपैयाँका दरले पेन्सन प्रदान गरिनेछ ।

प्रधान सम्पादक, सम्पादक, संवाददाता, समाचार वाचक, फोटो पत्रकार र व्यङ्ग्य चित्रकारलगायतले उक्त सुविधा पाउन सक्नेछन् । कोषका लागि सुरुमा राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकमा दश लाख रुपैयाँ जम्मा गर्ने योजना रहेको उनले जानकारी दिए ।

पेन्सन सुविधा पाउन भने कडा मापदण्ड तोकिएको छ जनाईएको छ कुनै राजनीतिक दल वा पेसागत संस्थाको कार्यकारी पदमा नरहेको, सूचना तथा प्रसारण विभाग वा प्रेस काउन्सिलको कालोसूचीमा नपरेको र फौजदारी अपराधमा दोषी नठहरिएको हुनुपर्ने शर्त राखिएको छ। कोषलाई थप सुदृढ बनाउन संघ, प्रदेश र स्थानीय सरकारसहित दातृ निकाय तथा अन्तर्राष्ट्रिय संस्थाको सहयोग लिइने महासंघले जनाएको छ।

यसैसाथ, महासंघ खोटाङ शाखाको आफ्नै कार्यालय भवन निर्माणको काम पनि गत चैतदेखि सुरु भएको छ। कोशी प्रदेश सरकारको तीन करोड रुपैयाँ बजेटमा दिक्तेलको किरातचोक नजिकै साढे दुईतले पक्की भवन निर्माण हुने भएको छ, जुन २०८४ पुससम्म सम्पन्न गर्नुपर्ने छ। उक्त जग्गा कृषिविज्ञ मदन राईले निःशुल्क उपलब्ध गराएका हुन्।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाली माटोको सुगन्ध