चन्द्रपुर । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ ।
रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिएका छन् ।
हुरीले रायको घरको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको उनले जानकारी दिए । यसैबीच, जिल्ला प्रहरी कार्यालयले सोमबार विभिन्न मुद्दामा फरार रहेका १० व्यक्तिलाई पक्राउ गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)
सम्बन्धित समाचार
मौलापुर नगरपालिकाको एसइइ परीक्षा उत्तीर्ण ९०.२३ प्रतिशत
नागरिकले ३ ठाउँ जान नपर्ने वातावरण बनाऔं : महानिरीक्षक कार्की
पाँच दशक पार गरेका विद्यालयले मनाउँदै स्वर्ण महोत्सव
स्थानीयद्वारा मौलापुर नगरपालिका घेराउ
पूर्वमन्त्री साहद्वारा बरवा-स्मृति पुल शिलान्यास
राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
भारतको सहयोगमा सप्तरीमा सुविधा सम्पन्न विद्यालयको निर्माण
किसानलाई रासायनिक मल यो वर्ष झन् अभाव हुने






