मुम्बई । बलिउड अभिनेता रणवीर सिंहले चलचित्र ‘कान्तारा २’ विवाद मुद्दामा अदालतको आदेशको पालना गरेका छन् । उनले चामुण्डेश्वरी देवी मन्दिरको भ्रमणसँगै यो आदेश पालना गरेका हुन् ।
‘धुरन्धर’ सिरिजका चलचित्रबाट पछिल्लो समय चर्चामा रहेको अभिनेता रणवीर सिंहले मंगलबार मैसूरको चामुण्डेश्वरी मन्दिरको दर्शनसँगै त्यहाँ पूजा गरेका छन् । उनले एक मन्तव्यमा चलचित्र ‘कान्तारा’ र सो सँग सम्बन्धित चामुण्डेश्वरी मन्दिरलाई जोडेर धार्मिक भावनामा चोट पु¥याएको आरोप लागेपछि उनले यो कदम चालेका हुन् । रणवीर सिंहले चलचित्र ‘कान्तार’मा ‘दैव’को विवादास्पद नक्कलको सम्बन्धमा दिएको बिचार विरुद्ध कर्नाटक उच्च अदालतले दिएको निर्देशनको पालना गर्दै सो मन्दिरमा दर्शन गरेका हुन् ।
रणवीर सिंहको मन्दिर रहर नभएर बाध्यता हो । गत अप्रिलमा, रणवीर सिंहले यस विषयमा अदालतमा आफूले बोलेको शब्दहरू प्रति क्षमा याचना गरेका थिए । उनले अदालतमा त्यति बेला शपथ पत्र पेस गरेका थिए । उनले मागेको माफीलाई अदालतले सदर गरेको थियो । तर अदालतले उनलाई चार हप्ता भित्र चामुण्डेश्वरी मन्दिरमा प्रार्थना गर्न आदेश दिएको थियो ।
रणवीर सिंहले अदालतको आदेशको पालना स्वरूप देवी चामुण्डेश्वरीको मन्दिरमा विशेष पूजा समेत गरेका छन् । उनको यो दर्शनलाई गोप्य राख्न खोजिएको थियो । पुजापछि उनले पुजारीसँग तस्बिर खिचेका थिए । तर मन्दिरका सञ्चालक समितिले उनको यो तस्बिर सामाजिक सञ्जालमा राखेपछि तस्बिर अहिले भाइरल भएको छ ।
यि अभिनेताले दर्शन गर्न जाने क्रममा मंगलबार बिहान मुम्बई विमानस्थलबाटै मुहारमा मास्क लगाएका थिए । मन्दिरको गर्भ गृहमा नपुगुन्जेल उनले मास्क हटाएनन् । उनी मन्दिर भित्र पसेपछि बल्ल मास्क हटाएर पूजा गर्न बसेका थिए । मन्दिरमा उनको सुरक्षाको विशेष व्यवस्था समेत गरिएको थियो ।
३० नोभेम्बर, २०२५ मा गोवामा आयोजित भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा रणवीर सिंहले निकै भद्दा तरिकाले ‘कान्तारा–२’ र दैव दृश्यको क्यारिकेचर गरेका थिए । रणवीर सिंहको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । त्यसपछि उनले कन्नड भाषी समुदायको एक वर्गबाट कडा आलोचनाको सामना गर्नु प¥यो ।
त्यसपछि, रणवीर सिंहले इन्स्टाग्राम पोस्ट मार्फत माफी मागेका थिए । उनको यो क्यारिकेचर विरुद्ध अदालतमा मुद्दा परेपछि यी अभिनेताले अदालतमा समेत माफी माग्नु परेको थियो । यति बेला मन्दिरको दर्शनसँगै उनको यो प्रकरण सकिएको छ ।
सम्बन्धित समाचार
७९ औँ कान्स फेस्टिभल सुरु, पिटरलाई ‘पाल्मे डी’ओर’ पुरस्कार
कान्स फेस्टिभलमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’
‘मालती मंगले’ र ‘गुरुआमा’ चालेनन्, ‘लालीबजार’ नाफातिर
निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान
विल्सनको ‘फुर्के नम्बर १’ फेरी सुरु
विल्सनको ‘फुर्के नम्बर १’ फेरी सुरु
‘मितज्यू’लाई ‘युनिभर्सल सर्टिफिकेट’






