काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। गुजरातले दिएको १५६ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १८ ओभरमा १६१ रन बनायो। उसको यो लगातार दोस्रो संस्करणको जीत हो ।
बै्ग्लोरका विराट कोहलीको अविजित ७५ रनको बनाए। उनीबाहेक वैंकटेश आय्यरले ३२, टिम डेभिडले २४ र कप्तान रजत पाटीदारले १५ रन बनाए। जितेश शर्मा ११ रनमा अविजित रहे। गुजरातका राशिद खानले सर्वाधिक २ विकेट लिए। मोहम्मद सिराज, कागिसो रबडा र अर्शद खानले समान एक विकेट राखे।
त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको गुजरातको सुरुआत खराब रह्यो। तर, वाशिंगटन सुन्दरको इनिङ्सले टोलीलाई सम्मानजनक स्कोर बनाउन मद्दत गर्यो।
गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनायो। सुन्दरले अविजित ५० रन बनाए। कप्तान शुभमन गिल (१२) र साई सुदर्शन (१०) चाँडै आउट भए। निशान्त सिन्धु (२०), जोस बटलर (१९), अर्शद खान (१५) र राहुल तेवाटिया (७) ले पनि उल्लेखनीय योगदान दिन सकेनन्।
बैंग्लोरका रसिक सलामले सर्वाधिक तीन विकेट लिए। भुवनेश्वर कुमार र जोश हेजलवुडले दुई-दुई विकेट लिए।
सम्बन्धित समाचार
लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता
काभा महिला भलिबल : नेपाल सेमिफाइनलमा
टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो
डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
बेलबारी फुटबल क्लब भीमनारायण गोल्डकपको फाइनलमा
खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट
क्रिकेटर लामिछाने र ब्रिज कन्सल्टेन्सीबीच पाँच वर्षको सम्झौता






