अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षका पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जीप दुर्घटना हुँदा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको हो ।
जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका भाटको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक सरोजकुमार कैलाको कमाण्डमा गएको प्रहरी टोलीले घाइतेको तत्काल उद्धार गरी उपचारका जिल्ला अस्पताल मङ्गलसेन लगिएको थियो ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा मृतक भाटका १३ वर्षीय छोरा मीनबहादुर भाट र सोही ठाउँका ३० वर्षीय बद्री भाट रहेका छन् । दुवै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ । जिप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
सम्बन्धित समाचार
बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन
सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण
बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत
प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलको विरोध
राष्ट्रियसभाको बैठक स्थगित
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
राणा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको उद्देश्यसहित एकजुट






