चलचित्र नै नखिची यो कस्तो रिलिज प्रतिस्पर्धा

काठमाडौं । पछिल्लो समय चलचित्र ‘रावायण’मा अभिनेत्री पूजा शर्मा र यसका निर्देशक सुदर्शन थापाले आधा आधा लगानी गरेका थिए । यो चलचित्र व्यावसायिक रूपमा असफल भयो । यही चलचित्रबाट उनीहरूको सम्बन्धसमेत चिसो भएको छ ।

त्यसो त ‘रावायण’ असफल यो चलचित्रको आर्थिक घाटाको लेनदेन हिसाब उनीहरूबिच अझै मिलेको छैन । उनीहरूको मनमुटाबका कारण ‘रावायण’मा काम गरेका प्राविधिकले प्रहरी कार्यालयमा गएर बल्ल गत साता उनीहरूसँग आफ्नो पारिश्रमिक उठाए । तर यति बेला पूजा र सुदर्शन दुवैले आ आफ्नो नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् ।

कुनै समय सुदर्शन र पूजा चलचित्रमा एक अर्काको पर्याय बनेका थिए । सुदर्शनको हरेक चलचित्रमा नायिकाको रूपमा पूजा शर्मा नै हुन्थिन् । विवाहपछि पूजाले सुदर्शन क्याम्पबाट बाहिरिएर अब आफैँले चलचित्र निर्माणको घोषणा गरेकी छिन् ।

पूजाले नयाँ चलचित्र ‘रत्यौली’को छायांकन तयारी गर्दै छिन् । अभिनेता विजय बरालले अहिलेको चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सकेपछि आफ्नो चलचित्र ‘रत्यौली’मा अभिनय गर्ने पूजाको कथन छ । भदौको पहिलो साताबाट यसको छायांकन थाल्ने उनले बताएकी छिन् । पूजाले यो चलचित्रलाई आगामी २१ फागुनमा रिलिजको घोषणा समेत गरेकी छिन् ।

निर्देशक सुदर्शन थापाले पनि आफ्नो नयाँ चलचित्र ‘शुभ विवाह’ निर्माणको घोषणा गरेका छन् । उनले पनि यो चलचित्रलाई भदौबाटै छायांकन थाल्ने बताएका छन् । पूजाले जस्तै सुदर्शनले पनि आफ्नो चलचित्रलाई आगामी शिवरात्रि अर्थात् २१ फागुनमा रिलिजको घोषणा गरेका छन् ।

सो रिलिज मितिमा महाशिवरात्रि परेका कारण पनि यी दुवै चलचित्रको रिलिज मिति सोही दिन तय गरिएको हो । चलचित्र ‘शुभ विवाह’मा मुख्य भूमिकामा प्रदीप खड्का रहेका छन् । ‘शुभ विवाह’सँगै सोही दिनमा ‘रत्यौली’ चलचित्र हलमा आउने भएको छ । यसरी एकसाथ दुई चलचित्र आउँदा धेरैले यसलाई चलचित्र भन्दा सुदर्शन र पूजाको इगोको रूपमा लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

जुम्ला सिँचाइ कार्यालयमा कर्मचारी अभाव