काठमाडौं । नेकपा एमालेको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदलको बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी रहेका छन् ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले सबै प्रदेशबाट सुझाव सकंलनको काम सकेर प्रतिवेदन तयार पार्दैछ । कार्यदलको प्रतिवेदन माथि केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ। जसका लागि चाँडै नै केन्द्रिय समिति बैठक पनि बोलाइदैछ ।

डिबी कार्की एमालेमा फर्के
पाली कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य डिबी कार्की सहित ६ जना केन्द्रीय सदस्य नेकपा एमालेमा फर्किएका छन् । कार्कीसहितका नेकपाका टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका प्रचार बिभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
उनका अनुसार पार्टीमा स्वागत गरिएका केन्द्रीय सदस्यहरूमा राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) लगायतका नेताहरू रहेका छन ।
कार्कीलगायतका नेता एस अघि नेकपा एमालेमा नै थिए, एमाले बिभाजन भए पछि माधवकुमार नेपालसँगै तत्कालिन नेकपा एकीकृत समाजवादीमा गएका थिए ।
सम्बन्धित समाचार
रास्वपा महामन्त्रीमा आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता र महामन्त्रीमा विपिन निर्वाचित, सहमहामन्त्री को–को भए ?
कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति
ओली, लेखक रिहा भए, पौडेल प्रहरी हिरासतमै, देउवा दम्पती विदेशमा
पूर्वमन्त्री मोहनबहादुर बस्नेतको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै
कांग्रेसमा फक्रिँदै छ विशेष महाधिवेशनले रोपेको ‘विभाजनको बिउ’
एकीकरण वा नयाँ राजनीतिक दल गठनवारे कांग्रेस संस्थापनइतरमा बहस






