सप्तरीमा पहिलो पटक लिटिल स्टार्स (बाल सौन्दर्य) शो हुने

सप्तरी । बालबालिकाको क्षमता तथा व्यक्तित्व विकास, अभिवृद्धि र प्रतिभामार्फत छुट्टै पहिचान स्थापितका लागि सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने भएको छ ।

मिस्ट्री डान्स गाइज विराटनगरको आयोजना तथा सप्तरी कालाकार संघ नेपालको समन्वयमा उक्त शो सञ्चालन हुन लागेको हो ।

सप्तरी सदरमुकाम राजविराजमा आगामी भाद्र ६ गते देखि यसको अडिसन कार्यक्रम सुरु गर्न लागिएको आयोजक संस्थाले शनिबार पत्रकार सम्मेलनको आयोजन गरी जानकारी दिएको हो ।

शो को ग्राण्ड फिनाले भने असोज १० गते राजविराज स्थित शिवशंकर चलचित्र मन्दिर भवनमा आयोजना हुने आयोजक संस्थाका अध्यक्ष संजीव सहनी (ज्याक)ले जानकारी दिए ।

मोडलिङ्गमा रुचि भएका, विभिन्न काराणले क्षमता देखाउने अवसर नपाएका तथा उनीहरुको क्षमता, व्यक्तित्व विकास अभिवृद्धि र प्रतिभा मार्फत देश तथा अन्तराष्ट्रियस्तरमा छुट्टै पहिचान स्थापित गराउने उद्देश्यले उक्त शो को आयोजना गर्न लागिएको उनको भनाई छ ।

सप्तरीमा पहिलो पटक आयोजना हुन लागेको उक्त शो मा ६ देखि ९ तथा १० देखि १४ बर्ष उमेर समूहका गरी दुई समूहमा प्रतिस्पर्धा हुने आयोजक संस्थाका कार्यक्रम निर्देशक रौनक अग्रबालले जानकारी दिए ।

शो मा सहभागीहरुलाई तीन चरणमा २८ दिनको तालिम पनि दिईनेछ । उनीहरुलाई कोरियोग्राफर, फोटोग्राफर, डान्सर तथा विभिन्न बिषयका विज्ञ प्रशिक्षकबाट तालिम प्रदान गरी ग्राण्ड फिनाले का लागि छनौट गरिने कार्यक्रम निर्देशक अग्रवालको भनाई छ ।

शो मा सहभागी हुनेले दर्ता वापत पाँचसय र तालिम बापत ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने निर्देशक अग्रवालले बताए । उनले उक्त शो जित्न भन्दा पनि सिकाउनका लागि र प्रतिभा खोज्नका लागि आयोजना गर्न लागिएको बताएका छन् ।

ग्राण्ड फिनाले अन्तर्गत वाक कला, हाजिरी जवाफ, प्रश्नोत्तर, हाउभाउ, व्यक्तित्व, कला, नृत्य र प्रस्तुती लगायतका मुल्यांकन विधि प्रयोग गरिने तथा निर्णयक मंडलीबाट विजेयताको छनौट गर्ने आयोजक संस्थाका सदस्य साहिल खानले जानकारी दिए ।

उक्त शो राजविराजपछि क्रमशः जनकपुर, पोखरा, धनकुट्टा, चितवन, काठमाडौं र विराटनगरमा हुने तथा त्यसपछि छनौट भएकाहरुबीच नेपाल लिटिल स्टार्स शो को आयोजना गरिने छ । उक्त शो मा छनौट भएकाले अन्तारिष्ट्रय लिटिल स्टार्स शो मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।

पत्रकार सम्मेलनमा सप्तरी कालाकार संघ नेपालका अध्यक्ष करण शर्मा, सचिव विवेकानन्द यादव, सदस्य सरोज राम लगायतका सहभागिता रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार