काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सम्झाउन एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ओलीको गुण्डुस्थित निवास पुगेका छन् ।
प्रदेश सरकारमा नेकपासँग साझेदारी गर्ने सहमतिपछि उत्पन्न विवाद र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनका विषयमा उत्पन्न मतभेद सम्झाउन पौडेल र पोखरेल गुण्डु पुगेका हुन । प्रदेश सरकार गठन गर्ने सम्बन्धमा नेकपासँग भएको ३ बुँदे सहमतिपूर्व पार्टीमा छलफल नगरेको भन्दै नेताहरु अध्यक्ष ओलीसँग असन्तुष्ट छन् ।
त्यसमाथि कोशी र लुम्बिनी प्रदेशमा भइरहेका मुख्यमन्त्रीलाई हटाएर अर्को मुख्यमन्त्री बनाउने तयारी, बागमतीमा संसदीय दलको नेतालाई नबनाएर अरुलाई मुख्यमन्त्री बनाउने ओलीको मनस्थितिका कारण पार्टीमा थप जटिलता उत्पन्न हुने भन्दै पौडेल र पोखरेलले त्यसो नगर्न ओलीलाई सम्झाउन आएका छन् ।
एमाले स्रोतका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन लगभग तयार भएका कारण उक्त प्रतिवेदनमा उल्लेखित विषयमा पनि अध्यक्ष ओलीसँग पौडेल र पोखरेलले कुरा गर्दै छन् ।
सम्बन्धित समाचार
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
पक्राउ पुर्जीपछि कांग्रेस सांसद अभिषेकले भने– ‘यो राजनीतिक प्रतिशोध हो’
मिटरब्याज उन्मूलनको घोषणा
मुख्यमन्त्री शाहले गरे कांग्रेस सदस्यता अध्यावधिक
बागमती सरकारबाट बाहिरियो एमाले
‘काँग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’ : भीष्मराज आङ्देम्बे
प्रधानमन्त्रीले आज निर्यातजन्य उद्योग–व्यवसायसँग आबद्ध व्यवसायीसँग छलफल गर्दै
रास्वपामा मनोनयनको ‘महाभारत’






