काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला सीमा नाका सञ्चालन भएसँगै सीमावर्ती क्षेत्रका स्थानीय व्यापार तथा दैनिक उपभोग्य सामग्री खरिदका लागि सिजाङ आवतजावत गर्न थालेका छन् ।
वर्षौंदेखि सीमापार व्यापारमा निर्भर स्थानीयले यार्सागुम्बा, वन लसुनलगायत जडीबुटी तिब्बततर्फ बिक्री गर्ने तथा त्यहाँबाट खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य सामग्री नेपाल ल्याउने गरेका छन् ।
नाका खुलेसँगै व्यापारिक गतिविधि केही बढेको जसबाट स्थानीय हर्षित भएका चुमनुब्रीका व्यापारी पासाङ लामाले बताए ।
गोरखाका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सीमावर्ती भेगका बासिन्दाको सहज आवागमनका निम्ति जिल्ला प्रशासन कार्यालयले सक्रिय रूपमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । प्रवेशपत्र जारी तथा परिचयपत्र नवीकरण इलाका प्रशासन कार्यालयबाट समेत हुँदै आएको छ ।
सीमा प्रशासनका प्रक्रिया सरल तुल्याउनेदेखि प्रशासकीय सहयोगसम्मका कामलाई प्राथमिकताका साथ सम्पादन गरिएको जानकारी दिँदै उनले गत आर्थिक वर्षमा १९७ नयाँ प्रवेश पास जारी तथा ४०४ वटा त्यस्ता पास नवीकरण गरिएका बताए । सीमा क्षेत्रमा बस्ती पातलो भएकाले व्यापारिक गतिविधि पनि कम हुने गरेको छ ।
सम्बन्धित समाचार
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
मिटरब्याजसम्बन्धी सबै लिखतहरू सरकारद्वारा अवैध घोषणा
दूरसञ्चार प्राधिकरणमा एनसेलको दबदबा
सरकारको निर्णयविरुद्ध म्यानपावर व्यवसायी, अनिश्चितकालीन आन्दोलनको चेतावनी
सुनसरीको कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन जारी, नेपाली सेना परिचालन
लाजिम्पाटको बलिउड डान्स क्लबमा ठगिन्छन् भारतीय नागरिक, जबर्जस्ती बढी बिल बनाएर ठगी
किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
पाकिस्तानको ब्रड पिक हिमपहिरोमा निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता






