सप्तरीमा सामाजिक सद्भाव कायम राख्न सामुहिक प्रतिबद्धता

राजविराज । जनप्रतिनिधि, राजनीतिक दल तथा समाजका अगुवाहरुले धार्मिक र सामाजिक सद्भावमा खलल हुन नदिन समाजका सबै पक्ष जिम्मेवार र सजग हुनुपर्नेमा जोड दिएका छन् । राजविराज नगरपालिकाले शनिवार आयोजना गरेको कार्यक्रममा उनीहरुले समाजमा अशान्ति चाहने केही तत्वले धार्मिक र सामाजिक सद्भाव भडकाउने प्रयत्न गरिरहेको उल्लेख गर्दै त्यस तर्फ सबै जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिएका हुन ।

‘केही दिन अघि सुनसरीमा हिन्दू–मुस्लिम समुदायबीच उत्पन्न टकराउ पूर्ण घटनामा दुई जनाको ज्यान गएको र त्यसपछि सिराहाको गोलबजारमा समेत १ जनाको ज्यान गएको घटनाले हामी सबैलाई दुखित र चिन्तित बनाएको छ, कार्यक्रमका प्रमुख अतिथि रहेकी प्रतिनिधि सभा सदस्य डा. अंकिता ठाकुरले भनिन–यस्ता घटना पुनः नदोहोरिन दिन हामी सबै सचेत रहनु जरुरी छ ।’ उनले समाजिक सदभाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड समेत दिइन् ।

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत प्रवीणले कसैले पनि राजनीतिक लाभका लागि वा आफ्नो स्वार्थपूर्तिका लागि साम्प्रदायिक दंगा फैलाउन नहुनेमा जोड दिदै सबै जिम्मेवार बनेर आपसी भाईचारा र मेलमिलाप कायम राख्नुपर्ने उल्लेख गरिन । उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही व्यक्तिहरुद्धारा समाजमा अनेक थरीका अफवाह फैलाउने काम भएको सन्दर्भमा धार्मिक र आपसी सदभाव कायम राख्न सम्पूर्ण सरोकारवाला निकाय र व्यक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिईन ।

हिन्दू र मुस्लिमको धर्म तथा रितिरिवाज फरक भएपनि वर्षोदेखि उनीहरु बीचको मित्रताको डोरी उस्तै कसिलो रहेको भन्दै उनले सोही कारणले मित्रता एक अर्काको परिवारसम्म कस्सिएको बताइन । फरक धर्म मान्नेहरु पनि सप्तरीमा मिलेर बस्दा कुनै अप्रीय घटना हुन नपाएको उनको भनाई थियो ।

उनले धार्मिक, समाजिक र आपसी सदभाव कायम गर्न आइतवार आयोजना हुन लागेको सद्भाव ¥यालीमा सबै समुदायका अगुवाका साथै सरोकारवाला निकायका प्रतिनिधि र नागरिक समाजलाई सहभागि हुन आह्वान समेत गरिन ।

पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले जाती र धर्मको नाममा समाजमा एकआपसमा झैझगडा र विभाजन हुनु चिन्ताको विषय भएको भन्दै यसतर्फ सबै सचेत र जागरुक बन्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, एमालेका सचिव देवनाथ यादव, जसपा नेपालका अध्यक्ष केदार यादव, निर्माण व्यवसायि संघका पूर्व अध्यक्ष एनेश्वर दास, कानून व्यवसायी मो. समिम, मजदुर नेता केदार देव, सप्तरी युथका अध्यक्ष मोहन यादव, परिकल्पना नेपालका अध्यक्ष सुधा देव, बैश्य महासंघका उपाध्यक्ष उपेन्द्र साह, मुस्लिम समाजका तैयब अन्सारी, कमालउद्दिन अन्सारी, नुरुलहोदा अन्सारी, कलिम खाँ, मो. जियाउर रहमान, वडा अध्यक्ष जयनारायण मण्डल, वडा सदस्य विरेन्द्र साह लगायतले पनि बोल्दै फरक धर्म भए पनि पछिल्लो घटनाबाट पाठ सिक्दै मजबुत सम्बन्धलाई अझ प्रगाढ बनाउन आ आफ्नो स्थानबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

नगरमा कफ्र्यू आदेश जारी रहेको बेला स्थानीय प्रशासनसँग अनुमति लिई गरिएको कार्यक्रममा नगरवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

पर्सामा पनि हटाइयो निषेधाज्ञा